हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लुइस सुआरेजले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोटमा गोल गर्दै शीर्ष स्कोररको रूपमा अगाडि बढेका छन्।
विश्वकप छनौटमा अविश्वसनीय बाईसाइकल किक गोल गर्दै चिलीलाई २-० ले हराउदा उनको गोलले मुख्य भूमिका खेलेको थियो।
उनको गोल विश्वकप छनौटमा २९ औ रहेको छ भने उनले अर्जेन्टिनी स्टार लियोनेल मेस्सिलाई पछि पार्दै दक्षिण अमेरिकी विश्वकप छनौटमा हाल सर्बाधिक गोलकर्ता बनेका छन्।
इक्वेडर विरुद्धको खेलमा मेस्सीले भने गोल गर्न असफल भएका थिए। अर्जेन्टिनाले उक्त खेल १-१ को बराबरी खेलेको थियो।
“विशेष रात, विशेष खेल, विशेष जर्सी र एक गोल,” सुआरेजले सामाजिक सञ्जालमा खेलको आफ्नो जर्सी समातेको तस्वीरसँगै लेखेका छन्।
“मेरो देशको लागि अद्वितीय र अविस्मरणीय क्षणहरूमा म यो भन्दा के माग्न सक्छु?” उनले थपे।
दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसनले सुआरेजको ६२ खेलमा २९ गोल भएको बताएको छ। उनले मेस्सीले भन्दा दुई खेल बढी खेलेका छन्।
तर उनको पछिल्लो गोल, जुन चार मिटर बाहिरबाट ११ मिनेट बाँकी रहँदा बाई साइकल किक बाट आएको थियो, निकै शानदार थियो।
खेलको अन्तिम क्षणमा फेडेरिको भाल्भर्डेले उरुग्वेको अग्रता दोब्बर पार्दै डिएगो अलोन्सोको नेतृत्वमा टोलीको भाग्यमा उल्लेखनीय परिवर्तन ल्याउन सफल भयो।
एक समय फिनिश्ड स्ट्राइकरको नाम पाएका सुवारेजले पछिल्ला ४ खेलमा ३ महत्वपूर्ण गोल गर्दै आफ्नो टोलीलाई विश्वकपमा स्थान बनाउन उल्लेख्य भूमिका खेलेका छन्।
डिसेम्बरमा डिएगो एलोन्सोको नियुक्ति संगै सुधारिएको प्रदर्शन गरिरहेको उरुग्वे, केहि समय अघि विश्वकप छनौटबाट बाहिरिने सम्भावना रहेको थियो।
तर दुई पटकको विश्व च्याम्पीयनको भाग्य भने स्वारेज र एलोन्सो दुबैले मिलेर परिवर्तन गर्न सक्षम बनेका छन्।
उरुग्वे छनोट समूहमा ब्राजिल र अर्जेन्टिनालाई पछि पार्दै तेस्रो र इक्वेडरलाई पछि पार्दै चौथो अटोमेटिक लिग लिन सफल भएको थियो।