‘मेस्सि बार्सिलोनामा फर्केर मात्र सन्यास लिन्छन्’-पुर्ब बार्सिलोना खेलाडी जुआन रिकेल्मी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ| अर्जेन्टिनाका पूर्व खेलाडी जुआन रिकेल्मीले मेस्सीले पुनः बार्सिलोनामा फर्केर मात्रै व्यवसायिक फुटबलबाट सन्यास लिने बताएका छन्।

एक अन्तर्वार्तामा बोल्दै लियोनल मेस्सीले बार्सिलोनाबाट सन्यास लिनु अघि पेरिस सेन्ट जर्मेनसँग च्याम्पियन्स लिगको उपाधि जितेर फेरी बार्सा फर्किने कुरा बताए।

बार्सिलोनासँगको सम्झौता सकिएपछि मेस्सी गत महिना दुई बर्षको सम्झौतामा लिग वानमा सामेल भएका थिए।

लिग वानमा रिम्सलाई २-० ले पराजित गर्दै उनले पीएसजीका लागि डेब्यु गरेका थिए।

पीएसजीले विगत एक दशकमा फ्रेन्च फुटबल मा प्रभुत्व जमाएको छ।

सात लिग १ उपाधि जितेको पेरिसले कूप डे फ्रान्स र कूप डे ला लिग समान ६ ६ पटक जित्दै घरेलु फुटबलमा आफ्नो दबदबा राखे पनि युरोपेली फुटबलमा भने ठुलो उपलब्धि हासिल गर्न सकेको छैन। २ सिजन अगाडी च्याम्पियन्स लिगमा फाइनलमा पुग्नु नै पिएसजीको अहिलेको युरोपेली फुटबलमा ठुलो उपलब्धि रहेको छ। यस्तोमा च्याम्पियन्स लीग को ताज उनीहरुबाट अझै टाढा देखिएको छ।

तर क्लब र देशका लागि मेस्सी सँग खेलेका रिक्वेल्मेलाई उनको पूर्व साथीले पीएसजीको महाद्वीपीय महिमाको खोजीमा बाकि रहेको युरोपेली फुटबल जिताउने बिश्वास ब्यक्त गरेका छन्।

तर एकै समयमा पूर्व मिडफिल्डरले बार्सिलोनामा मेस्सी को कथा अझै समाप्त नभएको कुरा ब्यक्त गरे।

“मेस्सी सबैभन्दा राम्रो छन किनकि उनी बल खेल्न मन पराउँछन्,” बोका जूनियर्सका उपाध्यक्षले भने, २००८ मा मेस्सीको साथमा अर्जेन्टिनाका लागि उनले ओलम्पिक स्वर्ण जितेका थिए।

तर यदि पिएसजीले मेस्सीको साथमा च्याम्पियन्स लिग जित्न नसकेको खण्डमा उनीहरुले सो उपाधि कहिल्यै जित्न नसक्ने कुरा जिकिर गरे।

“म पक्का छु कि मेस्सी पेरिस संगै च्याम्पियन्स लिग जित्नेछन् र बार्सिलोना बाट सन्यास लिनेछन्।” स्थानीय अन्तर्वार्तामा बोल्दै उनले भनेका छन्।

 

Leave a Reply

Next Post

विश्वकप छनोट : ब्राजिलको सामना गर्दै अर्जेन्टिना - यस्ता छन् पछिला तथ्यांक !!

Sat Sep 4 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ।  विश्वकप क्वालिफायरमा दक्षिण अमेरिकाका २ चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना आपसमा भिड्दै छन्। आइतबार राती १२:४५ मा ब्राजिलको घरेलु मैदानमा उक्त क्वालिफायर खेल सम्पन्न हुँदैछ। दक्षिण अमेरिकाको एल क्लासिकोकाे नामले पनि सुपरिचित यस खेल विश्व फुटबलकै २ पुराना फुटबल इतिहास बीचको लडाई पनि रहेको छ। पेले, रोनाल्डो, […]
%d bloggers like this: