मेस्सीको अनुपस्थितिमा पेरिस बराबरीमा रोकियो!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च महारथी पेरिस सेन्ट जर्मन च्याम्पियन्स लिगमा गएराति सम्पन्न खेलमा जर्मन क्लब लाईपजीग विरुद्ध बराबरीमा रोकिएको छ।

आफ्नाे स्टार खेलाडी लियोनल मेस्सी चोटका कारण टोलीमा पारेका थिएनन्। मेस्सी बिनै मैदानमा उत्रेको पेरिसले जर्मनीमा २-२ को नतिजा निकालेको थियो।

लिओनल मेस्सी नभएपनि टोलीमा गुणस्तरको भने कुनै पनि कमी थिएन। तर पेरिसको गुणस्तरलाई जर्मन टोली लिपजिगले राम्रो चुनौति दिएको थियो।

एक गोलले पछि परेको स्थिति उल्टाउँदै खेलमा २-१ को अग्रता लिएको पेरिसको टोलीले अन्तिम समयमा गल्ती गर्न पुग्दा महत्वपूर्ण तीन अङ्क गुमाउन पुगेको थियो।

घरेलु टोलीले खेलको आठौं मिनेटमा क्रिस्टोफोर एनकुकुको गोलबाट अग्रता लिएको थियो । उनले आन्द्रे सिल्भाको पासमा गोल गरेका थिए । १२औं मिनेटमा आन्द्रे सिल्भा पेनाल्टीमा चुक्दा लाइप्जिग पनि अग्रता दोब्बर पार्नबाट चुक्यो। पेरिसका किपर डोनारुमाले राम्रो पेनाल्टी बचाव गरेका थिए।

२१औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गर्दै पीएसजीलाई खेलमा १–१ गोलको बराबरीमा ल्याए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । ३९औं मिनेटमा वाइनाल्डमले मार्किन्हसको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

लगभग जित सुनिस्चित गरेको पिएसजीको टोलीलाई अन्तिममा किम्पेम्बेले गल्ति गर्दै अंक गुमाउन बाध्य बनाए। ९०औ मिनेटको इन्ज्युरी समयमा घरेलु टोलि लिप्जिगले भारको मद्धतले पेनाल्टी पाएको थियो।पेनाल्टी बक्समा किमपेम्वेले एनकुकुलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लाइप्जिगलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डोमिनिक सोबोस्लाई चुकेनन् ।

बराबरीपछि पीएसजी ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको ९ अंक छ।

 

Leave a Reply

Next Post

राफेल भरान एक महिना मैदान बाहिर रहने

Thu Nov 4 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडले सेन्टर ब्याक राफेल भरान ह्यामस्ट्रिङको चोटका कारण करिब एक महिनाको लागि बाहिरिने बताएको छ। स्पर्स विरुद्धको जितमा फर्कनु अघि तीन खेल गुमाएका वरानेलाई मंगलबार राति एटलान्टा विरुद्ध च्याम्पियन्स लिग टाईको पहिलो हाफमा प्रतिस्थापन गरिएको थियो। मंगलबार भएको अवे टाईको ३७ औं मिनेट पछि सेन्टर-ब्याकले […]
%d bloggers like this: