मेस्सीको बार्सिलोना पुनरागमन बारे यसो भन्छन जाभी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपा लिगको क्वार्टरफाइनलमा स्थान बनाउनको लागि गालाटासारेमाथिको उत्कृष्ट पुनरागमनको जितपछि, बार्सिलोना अन्तर्राष्ट्रिय विश्राम अघि अन्तिम खेलमा मड्रिड विरुद्ध एल क्लासिकोका लागि तयार छ।

एल्क्लासिको अघि क्याटलन टोलीका प्रशिक्षक जाभीले महत्वपूर्ण कुराहरु बताएका छन्।

जाभीले जेरार्ड पिकेको फिटनेस, बार्सिलोनाले रियल म्याड्रिडबाट के आशा गर्न सक्छ, लियोनल मेस्सीको पुनरागमनको सम्भावना र रोनाल्ड अराउजोको सम्भावित भूमिकाबारे बताए।

यसैबीच क्याटलन टोलि बार्सिलोनाका प्रशीक्षक जाभीले भने आइतवारको क्लासिकोले ला लिगा सान्टान्डरको अन्तिम नतिजामा कुनै प्रभाव नपार्ने विचार राखेका छन्।

तर यसले उनको टोलीको राम्रो फर्मलाई सुदृढ पार्न मद्दत गर्ने कुरामा उनी विश्वस्त छन्, उनले रियल म्याड्रिड बिचको खेलको प्रमुख दाबेदार मानेकाछन।

अर्को तिर पेरिसमा मेस्सी खुशी नभएको र बार्सिलोना फर्कन इच्छुक रहेको खबरले अन्तरास्ट्रिय मिडियामा खुब चर्चा बटुलिरहेको छ।

एल क्लासिको अघिको पत्रकार सम्मेलनमा बार्सिलोनाका मुख्य प्रशिक्षकलाई लियोनल मेस्सीलाई क्याम्प नोउमा स्वागत छ कि भनेर सोधिएको थियो।

उनले बार्सिलोना मेस्सीलाई हरपल स्वागत गर्न सदैब तयार रहेको बताएका छन्।

“मलाई लाग्छ मेस्सी अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन्। ढोका सँधै खुला रहनेछ”

“तर उनको अहिले पीएसजीसँग सम्झौता छ त्यसैले म धेरै भन्न सक्दिन।”

“उनी इतिहासकै उत्कृष्ट हुन् र बार्सिलोनामा उहाँलाई सधैं स्वागत गरिनेछ,” उनले प्रेसलाई भने।

“जबसम्म म प्रशिक्षक छु, उसले हरेक दिन यहाँ आउन चाहन्छ भने फरक पर्दैन।”

“उनको पीएसजीसँग सम्झौता छ र हामीले भन्न सक्ने थोरै छ। जस्तो कि उनी यहाँ हरेक दिन प्रशिक्षण सत्रहरू हेर्न र प्रशिक्षकसँग कुरा गर्न चाहन्छन्। उनले हामीलाई जे दिएका छन त्यो अमूल्य छ।”

तर जे भएपनि यी दुई टोलीहरूले उत्कृष्ट फुटबल खेलिरहेका छन् र समर्थक हरुले निकै समय पश्चात उत्कृष्ट क्लासिकोहरू मध्ये एउटा हेर्न सक्ने राम्रो मौका छ।

 

Leave a Reply

Next Post

मेस्सी बिना मोनाको विरुद्ध उत्रेको पीएसजीको लज्जास्पद हार

Sun Mar 20 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सको घरेलु लिग वानमा पेरिस सेन्ट-जर्मेन आइतवार स्टेड लुइसमा मोनाकोसँग ३-० ले पराजित भएको छ। विसम बेन येडरका दुई गोल र केभिन भोल्यान्डको अर्को गोल फिलिप क्लेमेन्टको पक्षलाई जित दिलाउन पर्याप्त थियो जसमा पीएसजी ठूलो अवधिका लागि दोस्रो उत्कृष्ट टोलि बनेको थियो। माउरिसियो पोचेटिनोको टोलिमा लियोनेल […]
%d bloggers like this: