मेस्सीको बेलुन डी’ ओर मनाउन पेरिसको विशेष ‘गोल्डेन’ जर्सी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले मोनाको विरुद्ध लियोनेल मेस्सीको कीर्तिमानी सातौं बालोन डी’ओर जितेको उत्सव मनाउन विशेष सुनको रंगको किट लगाएको थियो।

स्ट्राइकरको उपलब्धि मनाउनको लागि पेरिसले सीमित संस्करणको किट डिजाइन गर्‍यो जसमा सुनको संख्या र नामहरू सहित उनीहरूको परम्परागत निलो होम स्ट्रिप समावेश रहेको थियो।

१९९३ पछि पहिलो पटक अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन मद्दत गर्ने ३४ वर्षीयाले गत महिना थिएटर डु च्याटलेटमा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै अवार्ड जितेका थिए।

अन्य मनोनीतहरूमा मोहम्मद सलाह र लेवान्डोस्की समावेश थिए, जबकि जोर्गिन्होलाई पनि चेल्सीसँग च्याम्पियन्स लिग र इटालीसँग युरो २०२० दुबै जित्दा प्रतिष्ठित पुरस्कारको लागि टिपिएको थियो।

कोविड १९ को महामारीको डरका कारण गत वर्षको समारोह खारेज भएपछि लेवान्डोस्कीलाई यो पुरस्कार हस्तान्तरण गरिनु पर्ने केहीको विश्वास छ।

लेवान्डोस्कीले च्याम्पियन्स लिग जितेका थिए र २०१९-२० अभियानमा ४७ खेलमा ५५ गोल गरेका थिए तर प्रतिष्ठित पुरस्कारको लागि मेस्सीसँग हार्न बाध्य भए । मेस्सीलाई उपाधि जिताउने निर्णयको कतिपयले आलोचना गरे पनि ३४ वर्षीय स्टारले भने अवार्ड जित्न पाउँदा खुसी लागेको बताएका छन्।

क्लबको आधिकारिक वेबसाइटमा बोल्दै ३४ वर्षीय खेलाडीले भने, ‘फ्रान्स फुटबल बालोन डी’ओर फेरि जित्न पाउँदा म साँच्चिकै गौरवान्वित छु।

सातौं पटक जित्नु अतुलनीय छ। म मेरो परिवार, मेरा साथीहरू र मलाई फलो गर्ने र सधैं मलाई समर्थन गर्ने सबै मानिसहरूलाई धन्यवाद दिन चाहन्छु, किनभने उनीहरु बिना म यो गर्न सक्दिनथें ।”

Leave a Reply

Next Post

च्याम्पियन्स लिगमा मेस्सी र रोनाल्डोको जम्काभेट पुनः एकपटक

Mon Dec 13 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिगको नक आउट चरणको सोमबार दिउँसो सार्वजनिक भएको ड्र मा एकपटक पुनः मेस्सी र रोनाल्डो एकै साथ प्रतिस्पर्धामा उत्रने भएका छन्। मेस्सी र रोनाल्डो यस अघि म्यानचेस्टर युनाईटेड र बार्सिलोना, बार्सिलोना र युभेन्टस, रियल र बार्सिलोना विरुद्धको खेलमा आ-आफ्ना टोलीलाई प्रतिनिधत्व गर्दै  मैदानमा उत्रिएका […]
%d bloggers like this: