मेस्सीले क्लब छाड्ने भएसँगै बार्सिलोनामा चर्कियो आन्तरिक बिबाद

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्ना महान खेलाडी लियोनल मेस्सीले क्लब छाड्ने भएसँगै बार्सिलोना भित्र आरोप-प्रत्यारोप बढेको छ।

क्लवका अध्यक्ष जोन लापोर्ताले अघिल्लो प्रशासनले गरेका गम्भीर निर्णयहरुका कारण आफुहरुले मेस्सीलाई क्लवमा राख्न नसकेको भन्दै अघिल्लो प्रशासनलाई आरोप लगाएका छन्।

यस अघिको प्रशासनले क्लबलाई ऋणमा डुबाएको र स्पेनीश फुटबल एसोसिएसनको फाईनान्सियल फेयर प्ले लाई मान्नु पर्ने हुँदा मेस्सी सँगको नयाँ सम्झौतामा हस्ताक्षर हुन नसकेको उनको भनाइ थियो।

 

ला लिगाले सन् २०१३ देखि सुरुवात गरेको हो फाईनन्सियल फेयर प्ले। जसमा एउटा क्लवले आफ्नो खेल्ने स्क्वाड र आफ्नो कोचिङ्ग टिमलाई क्लबले गर्ने आम्दानीको मातहत रहेर मात्र खर्च गर्न पाइने नियम उल्लेख गरिएको छ।

सन् २०१७ मा २२२ मिलियनमा नेमार बार्सिलोनाबाट पिएसजी गएपछि उनकाे ठाउँलाई प्रतिस्थापन गर्ने क्रममा पूर्वअध्यक्ष जोसेफ बार्टेमोऊले एकपछि अर्को गर्दै महँगा खेलाडी भित्राउन थालेपछि बार्सिलोनाको आर्थिक संकट सुरु भएको थियो।

उनले भित्र्याएका खेलाडीहरु संगै क्लबले पनि घरेलु तथा युरोपियन प्रतियोगिताहरुमा खराब प्रदर्शन गर्दै जादाँ, क्लबमा सफलता कम खेलाडीहरुको ज्यालामा पैसा धेर जान थालेको थियो। अझ गएको २ बर्ष त बार्सिलोनाको इतिहासकै सबै भन्दा खराब वर्ष बन्न पुगेका छन्।

मैदानमा सफलता संगै आफुले कमाउने नाफा पनि गुम्न थालेपछि बार्सिलोनामा अहिले एक पछि अर्को संकट आइपरेको छ।

बार्सिलोनाको अहिलेका रिपोर्टहरुको आधारहरु मान्ने हो भने विश्वमै सबैभन्दा बढी ऋण भएको क्लब पाइएको छ। जसको ऋण मात्र एक खर्ब बढी पुगेको छ। क्लब रित्तिने स्थिति आएपछि अहिले बार्सिलोनामा मासिक ज्यालालाई लिएर निकै विवाद भइरहेको छ।

बार्सिलोनाको खेलाडीहरूको वार्षिक ज्याला मात्रै करिब करिब २३० मिलियन रहेको छ।जसमा मेस्सिले मात्र ७० मिलियन भन्दा बढी कमाउने गरेका छन्। कोविड का कारण आफ्नो खुद नाफामा पनि निकै ठूलो रकम गुमाउनुपर्दा बार्सिलोनाले मेस्सीलाई पनि गुमाएको हो। कोरोनाका कारण क्लब नै कङ्गाल हुने स्थिति आएपछि लालिगा ले बार्सिलोना सहित अरु क्लबहरुलाई ऋण सुविधा उपलब्ध गराएको छ।

मेस्सीले आफूले लिँदै आएको कुल ज्याला बाट ५०% कम लिने हुँदा पनि बार्सिलोनाको आर्थिक स्थिति सुधार नहुने देखिएपछि बार्सिलोनाले बाध्य भएर मेस्सीलाई बिदाई गरेको क्लबले जनाएको छ।

लापोर्टाले यस विषयमा बोल्दै, “क्लबमा आर्थिक स्थितिको बारेमा वस्तुगत कारणहरु छन् र मेस्सी को अनुबंध संग त्यो मात्रा को एक लगानी जोखिमपूर्ण थियो,”। “हामी ती जोखिमहरु लाई ग्रहण गर्न चाहन्थ्यौं, तर जब हामीले लेखा परिक्षण पछि क्लब को वास्तविक स्थिति लाई बुझ्यौं, यसको मतलब यो थियो कि हामी क्लब लाई ठूलो जोखिम मा राख्ने थियौं” भने।

मेस्सीसंग को सम्झौता निकै जोखिमपूर्ण रहेको तथा सो निर्णयले क्लबलाई निकट भबिष्यमा अलप गराउने हुदाँ, क्लब भन्दा ठुलो कोहि नभएको र यस्ता घटनाहरु आइराख्ने हुदा सामना गर्नु पर्ने उनको सार रहेको थियो।

 

 

Leave a Reply

Next Post

" म्यानचेस्टर सिटिसंग अनुबन्धनको चर्चाबारे बोले ह्यारी केन "

Sat Aug 7 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। ट्रान्सफर विण्डो सकिन केहि समयमात्र बाकीरहदा दैनिक रुपमा खेलाडी र सम्झौता हुन सम्भावित क्लबहरु बारे चर्चा परिचर्चा हुने गरेको छ। सोहि कुरालाइ बिचार पुर्याउदा, लियोनेल मेस्सी देखि लिएर क्रिस्टियानो रोनाल्डो, किलीयन एम्बाप्पे देखि लिएर एर्लिंग हलाण्ड र पल पोग्बा देखि लिएर ह्यारी केनसम्म, हरेक नया दिन […]
%d bloggers like this: