हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट जर्मनका स्टार खेलाडी लियोनल मेस्सीले क्रिष्टियानो रोनाल्डो र म्यान्चेस्टर युनाइटेडको बारेमा खुलेर तारिफ गरेका छन्।
पछिल्लो डेढ दशकदेखि क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीको चर्को प्रतिस्पर्धा रहेपनि एकआपसको बारेमा भने दुवैले राम्रो प्रतिक्रिया दिने गरेका छन्।
स्पेनिस पत्रिका मार्का लाई दिएको अन्तर्वार्तामा लियोनल मेस्सीले आफू बार्सिलोना फर्कने बताएका थिए।
व्यक्तिगतरुपमा निकै अवार्ड जितिसकेका स्टार खेलाडी लियोनल मेस्सीले आफुले ला लिगा इतिहासमा एकपछि अर्को कीर्तिमान बनाएपनी अहिले आफू पेरिसमा रहेको र उक्त कुराको कुनै तुक नभएको बताएका थिए।
अन्तरवार्ताका दौरान व्यक्तिगतभन्दा टोलीको प्रदर्शनमा जोड दिएका स्टार खेलाडी लियोनल मेसीले पेरिस सेन्ट जर्मन मात्रै च्याम्पियन्स लिगको प्रमुख दाबेदार नभएको जिकिर गरे।
पछिल्लो समय लिभरपुल, चेल्सी, म्यानचेस्टर सिटी, बायर्न सबैले राम्रो गरेका कारण आफूहरु मात्र एकल उम्मेदवार नभएको बताएका थिए।
क्रिस्टियानो रोनाल्डोले हालसालै दिइरहेको प्रदर्शनका बारेमा बताउँदा उनले मुक्तकण्ठले तारिफ गरेका थिए।
‘क्रिस्टियानोको प्रदर्शन कस्तो लाग्छ ?’ भन्ने प्रश्नमा उत्तर दिंदै उनले बताए:
“[म्यानचेस्टर] युनाइटेड उत्कृष्ट खेलाडी भएको निकै बलियो टोली हो। क्रिस्टियानोलाई पहिले नै क्लब थाहा थियो अब उनले प्रभावशाली तरिकामा आफुलाई ढालिसकेका छन्। सुरुदेखि नै उनले सधैं जस्तै गोल गर्दै आएका छन र त्यो वातावरणमा घुलमिल उनलाई गर्न कुनै समस्या छैन। प्रिमियर लिगमा, [म्यानचेस्टर युनाइटेड] हामी सबैले सोचेको जस्तो राम्रो छैन, तर यो धेरै गाह्रो र प्रतिस्पर्धा पनि हो जसमा चीजहरूले धेरै मोड लिन्छ। डिसेम्बर पछि यो धेरै परिवर्तन हुन्छ र जे पनि हुन सक्छ।”
‘के तपाईंले रोनाल्डोसँग ती प्रत्यक्ष द्वन्द्वहरू सम्झनु हुन्न?’ भन्ने प्रश्नमा जवाफ दिदै उनले बताए:
हामीले एउटै लिगमा प्रतिस्पर्धा गर्न बन्द गरेको लामो समय भइसकेको छ। हामीले समान लक्ष्यका लागि व्यक्तिगत र टोलीको रूपमा प्रतिस्पर्धा गर्यौं। यो हाम्रो लागि र फ्यानहरूका लागि धेरै सुन्दर अवधि थियो किनभने उनीहरूले धेरै रमाइलो गरे। फुटबलको इतिहासमा यो एउटा सुन्दर सम्झना हो।
मेस्सीको पेरिसले बुधबार राति च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना गर्दैछ।