मेस्सी एम.एल.एस जान लागेका हुन त?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको अन्त्य नजिकिएसँगै अर्जेन्टिनी स्टार लिओनल मेस्सीले पेरिसमा आफ्नो भविष्य के गर्छन् भन्ने बारे चर्चा बढेको छ 

पुनः बार्सिलोना फर्किने हुने रिपोर्टहरु बाहिर आइरहँदा अमेरिकन फुटबल लिगमा उनको उपस्थिति हुने सम्भावना बारे पुनः चर्चा चुलिएको छ

२०२३ बाट एमएलएसमा अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीको डेभिड बेकह्यामको इन्टर मियामीमा सम्भावित समावेशको हल्लाले अहिले ब्यापकता पाएको हो

डाईरेक्ट खेलकुदको एलेक्स क्यान्डलको प्रारम्भिक रिपोर्टले मेस्सीले बेकह्यामको टोलीको ३५% सेयर प्राप्त गर्ने र उनी २०२३ मा साउथ फ्लोरिडामा जाने सहमति जनाएको बताएको थियो।

तर यो कुरालाई लियोनल मेस्सीसँग सम्बन्धित नजिकको स्रोतले ठाडै अस्वीकार गरेको छ भने उनले पेरिसमा आफ्नो सम्झौता पुरा गर्नेमा जोड दिएको छ।

“उलेखित बयान पूर्णतया गलत हो। लियोले अझै आफ्नो भविष्यको निर्णय गरेको छैन।”

“यदि मेस्सीले डेभिड बेकह्यामसँग हालैका घण्टामा मिटिंग तय गरेका छन भने यो पिएसजीको दोहामा बस्ने सन्दर्भमा मात्र हो जहाँ पूर्व इङ्ल्यान्ड मिडफिल्डरले कतारमा हुने अर्को विश्वकपको राजदूतको भूमिका खेल्छन्।” मेस्सीका एजेन्टहरूले बताएका छन्।

मेस्सी संगै गत सिजन इन्टर मायमीमा रोनाल्डो, डेभिड भिया, इनेस्टा जस्ता ठुला ओहोदाका खेलाडीको आगमन हुने चर्चाले राम्रो स्थान पाएको थियो

मेस्सीले मायमीमा आफ्नो घरका लागि लगानी समेत गरेपछि मेजर लिगमा अनुबन्ध हुन सक्ने संभवानाका लागि बताईएको छ

इन्टर मियामी अमेरिकन मेजर लिगमा सबैभन्दा नयाँ मध्ये एक हो जसलाई डेभिड बेकह्यामले आफ्नो स्वामित्वमा लिएका छन्। 

अमेरिकन लिग फुटबलमा डेब्यु गरे पश्चात यस क्लवले सोचेअनुसारको प्रदर्शन भने गर्न सकेको छैन।

त्यसैकारण पनि यस क्लबको बारेमा नकारात्मक छबिको सामना गर्न मेस्सीको क्षमताको कसैलाई ल्याउन उत्सुक रहेको छ। 

 २०२० सिजनमा प्रतियोगितामा सामेल भएदेखि खेलेको ५७ खेलमध्ये १९ मात्र जितेको मायामी लिगमा आफ्नो पहिचान बनाउन संघर्षरत छ।

Leave a Reply

Next Post

फुटबल विवाद: छानबिन समितिले आज प्रतिबेदन बुझाउने

Wed May 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोली र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरि बिचको विवादको  प्रतिवेदन आज बुझाइने भएको छ।  झन्डै एक महिना अघि  सुरु भएको नेपाली फुटबलको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघले ३ सदस्य छानबिन टोली गठन गरेको थियो।  आउँदो एसियन कप छनौट प्रतियोगिताको लागि बन्द प्रशिक्षण क्याम्पमा […]
%d bloggers like this: