मेस्सी कीर्तिमानी सातौं पटक बेलुन डी ओर बिजेता घोषित!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबल सुपरस्टार लियोनल मेस्सिले यस पटकको  बेलुन डी’ओर २०२१ हात पारेका छन्।

यसै सिजन बार्सिलोना छाडेका मेस्सी हाल पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका छन्।

उनको व्यक्तिगत रुपमा यो कीर्तिमानी सातौं पटक उपाधि रहेको छ।

फ्रान्स फुटबल म्यागजिनले दिने उक्त अवार्ड मेस्सिले सन् २००९, २०१०, २०११,२०१२, २०१५ र २०१९ मा जितेका थिए।

गत सिजन व्यक्तिगत रुपमा उच्च प्रदर्शन गर्दै अर्जेन्टिनालाई २४ बर्ष पछि अन्तरास्ट्रिय उपाधि ( कोपा अमेरिका) जिताएका मेस्सीले बार्सिलोनाबाट खेल्दै ३८ गोल गरेका थिए।

उपाधि हात पारे संगै मेस्सी चिर प्रतिद्वन्दी रोनाल्डोलाई उछिन्दै निकै माथि पुगेका छन्। रोनाल्डोले उक्त अवार्ड अहिले सम्म ५ पटक हात पारेका छन्।

मेस्सी संगै यसपटक उपाधिका दाबेदारका रुपमा चेल्सीका मिडफिल्डर जोर्जिन्हो र बायर्न म्युनिखका स्ट्राइकर रोबेर्ट लेवान्दोस्की रहेका थिए। उनीहरुले क्रमश दोस्रो र तेस्रो स्थान हात पारे।

रोबेर्ट लेवान्दोस्कीलाई उत्कृस्ट स्ट्राइकरको उपाधि दिइयो भने इटालीका किपर डोनारुम्माले उत्कृस्ट किपरको उपाधि हात पारे।

Leave a Reply

Next Post

बालोन डी'ओर आयोजकले झूट बोलेको भन्दै क्रिस्टियानो आक्रोशित

Tue Nov 30 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले बालोन डी’ओर आयोजक र फ्रान्स फुटबलका मुख्य सम्पादक पास्कल फेरेको आलोचना गरेका छन्। फेरेले लियोनल मेस्सीसँगको आफ्नो प्रतिद्वन्द्वीको बारेमा “झूट बोलेका” र रोनाल्डोको नाम “उनको प्रकाशनको प्रचार” गर्न प्रयोग गरेको बताएका छन्। फेरेले गत हप्ता न्युयोर्क टाइम्सलाई भनेका थिए कि रोनाल्डोको करियरको […]
%d bloggers like this: