नेमारको भन्दा कम तलबमा मेस्सी पिएसजीमा अनुबन्धित हुँदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रेन्च क्लब पिएसजिले स्टार खेलाडी लियोनल मेस्सीलाई आफ्नो क्लबमा अनुबन्धन गरेको छ।

मेस्सी र पीएसजी बिच दुई वर्षको सम्झौता भएको छ जसमा मेसीले वार्षिक ३५ मिलियन डलर तलबका रूपमा बुझ्ने छन्। नेमारले भने  पीएसजी सँग बार्षिक तलब ३६.८ मिलियन लिने गरेका छन् ।

मेस्सीलाई २०२४ सम्म आफ्नो सम्झौता लम्ब्याउन सकिने विकल्प पनि रहेको छ।

मेडिकल र आधिकारिक रुपमा सम्झौतामा हस्ताक्षर गर्न मेस्सी आजै प्यारिस जाँदैछन्।

मेस्सीले यसैसाता बार्सिलोना छोडेका थिए। ला लिगाका कारण मेस्सीसँग अन्तिम समयमा थप सम्झौता गर्न नसकिएको भन्दै बार्सिलोनाले उनलाई फ्रि एजेन्ट बनाएको थियो।

बार्सिलोना रहँदा मेस्सीले ६ पटक बेलुन डी ओर, १० ला लिगा, सातवटा कोपा डेल रे, चारवटा च्याम्पियन्स लिग, ३ क्लब विश्वकप र तीनवटा सुपर कप जित्न सफल भएका थिए।

बार्सिलोनाका लागि मेस्सीले कुल ८१० खेल खेल्दै ६८३ गोल गर्न सफल भएका थिए। उनी बार्सिलोनाका अहिलेसम्मकै सबैभन्दा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा रहेका छन्।

 

Leave a Reply

Next Post

मेस्सीले क्लब छोडेसंगै बार्सिलोनामा नरमाइलो माहोल, मेस्सीसम्मिलित फोटा हटाइदै !!

Tue Aug 10 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । आफ्ना पूर्व खेलाडी लियोनल मेस्सीले क्लब छाडे सँगै बार्सिलोनामा उनका तस्वीरहरु धमाधम हटाउन थालिएको छ। करिब १७ बर्ष बार्सिलोनामा आफ्नो जीवन बिताएका मेस्सीले यसै साता अब बार्सिलोना छोड्ने कुरा प्रेस कार्यक्रममा बताएका थिए। बार्सिलोनाबाट क्लब फुटबलमा हरेक सर्वोत्कृष्ट उपाधि जितेका मेस्सी क्लबका सर्वकालीन महान खेलाडी […]
%d bloggers like this: