हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| शनिबार चार खेल बाँकी रहँदा लिग १ च्याम्पियन बनेपनि पिएसजीले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोको भविष्य अन्यौल देखिएको छ।
स्काई स्पोर्ट्सले रिपोर्ट गरे अनुसार पेरिसले मुख्य प्रशिक्षक र खेल निर्देशक लियोनार्डो दुवैको भविष्यलाई विचार गरिरहेको बताईएको छ।
क्लबका अध्यक्ष सहित समर्थकहरु च्याम्पियन्स लिगमा टोलीको प्रदर्शनका कारण सन्तुष्ट छैनन्।
मेस्सी, नेयमार र केलियन एमबाप्पेको विश्वको सबैभन्दा बलियो फ्रन्ट तीनलाई सँगै राख्दा पनि पेरिस अन्तिम-१६ चरणबाट बाहिरिएको थियो।
च्याम्पियन्स लिगमा बाहिरिएको झोकमा पेरिसका समर्थकहरु गतसाता च्याम्पियन बन्ने अवसरमा पनि मैदानबाट १५ मिनेट अगाबै निस्किएका थिए।
दर्शकहरूको उक्त ब्यबहार पश्चात निकै रुष्ट बनेका पेरिस खेलाडी तथा कप्तानले समर्थकको आवश्यकताका बारेमा औल्याए पनि च्याम्पियन्स लिगको नतिजा अझैसम्म पनि पचाउन सकेका छैनन्।
पेरिसको बहिर्गमनसँगै स्टार खेलाडी मेस्सीसँग पनि रुष्ट बनेका समर्थकले आफ्नै मैदानमा खेलाडीलाई ‘बु’ गरेका थिए।
पेरिसमा एकपछि अर्को निराशाजनक नतिजा र दर्शकबाट पनि माया नपाएको देख्दा मेस्सीले यस सिजन क्लब छाड्ने आकलन गरिएको थियो।
तर लियोनल मेस्सीले आफ्नो सम्झौता अनुसार पेरिसमा आगामी सिजन पनि बिताउने भएका छन्।
उसका अर्का स्टार खेलाडीले एम्बाप्पेले पनि आफ्नो भविष्यको बारेमा निर्णय नलिँदा मेस्सी लगायत अरु ठूला खेलाडीलाई पेरिस बहिर्गमनको बाटो देखाउने पक्षमा छैन।
पीएसजीका मालिकहरूलाई समर्थकहरूको एक भागबाट मेस्सीप्रतिको निराशको कुनै चिन्ता छैन।
तर पोचेटिनोको बढि व्यापक आलोचनाले, उनले व्यवस्थापकको रूपमा तेस्रो ट्रफी उठाए तापनि, उनको कार्यकालको अन्त्य हुने सम्भावना बढ्दो छ।
पोचेटिनोको स्थिति केहि समयको लागि अनिश्चित रहेको छ।
विभिन्न स्रोतहरूले उनी फ्रान्समा पनि लामो समयदेखि असन्तुष्ट थिए भन्ने रिपोर्टहरु प्रकाशित भइरहेका थिए।
म्यानचेष्टर युनाइटेडले नयाँ प्रशिक्षकको खोजीमा उनको पनि अन्तरवार्ता लिएको खुलासा भइसकेको छ।
पेरिसमा ठूलो खेलाडीहरूको समायोजनमा निकै समस्या झेलिरहेका अर्जेन्टिनी ब्यबस्थापकमा च्याम्पियन्स लिगको नतिजाले झन् ठूलो दबाब निम्त्याएको छ।