मेस्सी र एम्बाप्पे उत्कृस्ट हुँदा पेरिसको रोमान्चक जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मनले आरबी लेप्जिगलाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

समूह ए अन्तर्गतको तेस्रो चरणको खेलमा पार्क डे प्रिन्सेसमा रोमाञ्चक जित निकाल्दै पेरिसले नक आउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।

घरेलु मैदानमा जीत निकाल्नका लागि स्टार खेलाडी लियोनल मेसीले २ तथा किलियन एम्बाप्पेले एक गोल गरे।

खेलको ९औ मिनेटमा फ्रान्सका स्टार किलियन एम्बप्पेले काउन्टर अट्याकमा उत्कृस्ट एकल गोल गर्दै पेरिसलाई १-० को अग्रता दिलाए।

२६औ मिनेटमा पाहुना टोलीका स्ट्राइकर सिल्भाको प्रहार पोस्ट मा लागेर बाहिरिन पुगेको थियो।

तर २८ औं मिनेटमा लिबजिगका खेलाडी आन्द्रे शिल्भालेनै डी एरिया भित्र आएको क्रसलाई राम्रो टच गर्दै गोल गर्न सफल हुदा टोलिलाई खेलमा फर्काएका थिए।

 

खेलको पहिलो हाफ १-१ को बराबरीको स्थितिमा आएको थियो. दोश्र हाफको ५७औ मिनेटमा क्रसको सहि सदुपयोग गर्दै नोर्दी मुकिलेले ले गोल गर्दै जर्मन टोलीलाई २-१ को अग्रता दिलाए।

तर जर्मन टोलीको अग्रता धेरैबेर समय भने टिक्न सकेन. ६७औ मिनेटमा किलियन एम्बाप्पेले दिएको पासलाई ट्याप इन गर्दै मेस्सीले टोललाई खेलमा पुनः फर्काए।

एम्बाप्पेलाई लिपजिगका खेलाडीले डी एरिया भित्र लडाएपछि ७४औ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गर्दै पेरिसलाई ३-२ को स्थितिमा पुर्याए।

त्यसपश्चात खेलमा कुनै गोल नहुँदा पेरिसले खेल ३-२ गोल अन्तरले आफ्नो पक्ष मा पार्यो।

नतिजा संगै पेरिसले ३ खेलमा २ जित र एक बराबरी आत्मसाथ गर्दै ७ अंक बटुल्न सफल भएको छ। समूह ए मा पहिलो स्थानमा रहेको पेरिसको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटि भन्दा एक अंक रहेको छ भने सिटि र पेरिस अर्को राउण्डमा जाने प्रबल सम्भावना देखिएको छ।

 

Leave a Reply

Next Post

एटलेटीको मड्रिड विरुद्ध लिभरपुलको महत्वपुर्ण जित

Wed Oct 20 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एथ्लेटिको मड्रिडलाई उसकै घरमा हराउँदै लिभरपुलले जारि च्याम्पियन्स लिग प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको छ। फ्रान्सेलि खेलाडी ग्रिजम्यानले दोस्रो हाफको सुरुवातमै रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित बन्दा एटलेटिकोले घरेलु मैदानमा ३-२ गोलको साँघुरो हार बेहोर्यो। निकै रोमान्चक बनेको उक्त खेलमा पहिलो हाफमै दुवै टोलीले […]
%d bloggers like this: