मेस्सी र नेमार बिनै उत्रेको पीएसजीको बिशाल जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सको घरेलु लिग फ्रेन्च लिग वान अन्तर्गत आज सम्पन्न पाँचौ चरणको खेलमा पिएसजी विजय भएको छ।

पेरिसले आफ्नो उत्कृस्ट लयलाइ कायम राख्दै अघिल्लो सिजन गुमाएको लिग उठाउने दाउमा अघि बढेको छ

घरेलु मैदानमा भएको खेलमा पेरिसले कलेर्मण्ट माथि ४-० गोल अन्तरको सहज जित हात पारेको छ।

आफ्ना स्टार खेलाडी लियोनल मेसी र नेमार विनै सम्पन्न भएको खेलमा पेरिस निकै उत्कृष्ट लयमा देखिएको थियो।

मेसी र नेईमार भने आफ्ना देशका लागि खेल्नका लागि अहिले दक्षिण अमेरिकामा रहेका छन्।

पेरिसको जितमा मिडफिल्डर एन्डर हरेराले २० र ३१ मिनेटमा गरि व्यक्तिगत रुपमा दुई गोल गरे भने फ्रान्समा युवा खेलाडी एमबाप्पेले एक गोल गरे। तेस्तै गुइएले ६५ औं मिनेटमा गोल गर्दै पेरिसलाई ४-० को अग्रता दिलाएका थिए।

जितसँगै पेरिसले लिगमा लगातार जित को सिलसिला जारी राखेको छ। कलेरमन्ट विरुद्धको जित संगै पेरिसले लगातार पाँच खेलमा पाँच जित सहित कुल १५ अङ्क बनाउँदै तालिकाको पहिलो स्थानमा बस्न सफल भएको छ।

Leave a Reply

Next Post

१२ बर्ष पछि युनाइटेड फर्किएका रोनाल्डोले तोड्न सक्ने सात महत्वपूर्ण रेकर्ड !!

Sun Sep 12 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। आफ्नो खेल जीवनको अन्तिम स्पेलमा आएर म्यानचेस्टर युनाइटेडमा अनुबन्धन भएका क्रिस्टियानो रोनाल्डोले हिजोको पहिलो खेलमा नै २ गोल गरेका थिए। न्यु क्यासल बिरुद्दको खेलमा रोनाल्डोले दुइ र फ़र्नाण्डेज, लिङ्गार्डले एकएक गोल गर्दा, युनाइटेडले ४-१ गोलान्तरले जित हासिल गरेको थियो। जित संगै युनाइटेडले अंक तालिकाको पहिलो स्थानमा […]
%d bloggers like this: