मेस्सी र बार्सिलोनाको सम्झौतामा गम्भीर समस्या, मेस्सीले बार्सिलोना छोड्दै !!

Messi Leaves Barcelona

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। लायोनल मेस्सी र बार्सिलोना बिचको सम्झौताले रोचक मोड लिएको छ।

सम्झौता निकै नजिकिएता पनि, केहि नया समस्याहरु प्रकट भएका कारणले बार्सिलोनाले अब लियोनल मेस्सीलाइ राख्न सक्ने सम्भावना सकिएको छ।

स्थितिको बारेमा जानकार जोएन लापोर्टलाइ पनि मेस्सीले कनट्राक्टलाइ निरन्तरता नदिने डर भने निकै अगाडीबाट नै रहेको थियो।

रियालिटीको कुरागर्दा धेरै क्लबहरुलाई पनि यस स्थितिबारे जानकारी भएको र उनीहरुले बार्सिलोना र मेस्सीसंग सम्पर्क गर्ने विभिन्न मौकाहरु खोज्दै आएको कुरा पनि हामीले जानीबुझीनै रहेका छौ।

मेस्सीका व्यक्तिगत कर्मचारी र बार्सिलोनाबीच एक डिनर अन्तर्गत सम्झौताका बारेमा छलफल भएको थियो। छलफलको निष्कर्षअनुसार मेस्सीलाइ बार्सिलोनामा नै रहने कुनै इच्छा नभएको र नया चुनौती हेर्ने कुरा बाहिर आएको छ।

मेस्सीलाइ क्लबमा राखिरहन आर्थिक तथा निकै अरुसमस्यामा बार्सिलोना भिज्नु पर्ने स्थिति देखाउदै मेस्सीले क्लबमा निरन्तरता नदिने निर्णय गरेको भनेका छन्।

केहि दिन अघिसम्म मेस्सी र बार्सिलोना बिचको सम्झौता सजिलै सफल हुने र २०२६ सम्मको नया कनट्राक्टमा हस्ताक्षर गर्ने स्थितिमा पुगेका मेस्सी, आज भने फरक निर्णय गर्ने स्थितिमा देखिए।

मार्काको रिपोर्ट अनुसार, मेस्सी र क्लबबिचको सम्झौता एक कठिन स्थितिमा पुगेको र सो कारणले गर्दा अब सम्झौताहुने कुरा असम्भब जस्तै रहेको कुरा जनाएको छ।

उक्त रिपोर्टअनुसार, यसघिका स्थितिलाइ मध्येनजर गरेर आहिले को स्थितिलाइ हेर्दा, क्लब छोड्ने पक्षमा मेस्सी अझ धेरै द्रिड देखिएका छन्।

धेरै रिपोर्टहरुका कुराबाट निष्कर्ष खोज्दा हामीले, मेस्सीद्वारा क्लबको आर्थिक अवस्था र क्लबको प्रोजेक्टमा आएको बिबादलाइ लिएर हुने अस्थिरतालाइ ध्यानमा राखेर क्लब छोड्ने निर्णय गरेको पाइयो।

२००८ सालमा १३ बर्षे मेस्सीले बार्सिलोनामा प्रवेश गरेका थिए र आज क्लबमा उनको उपस्थिति २१ बर्षको हुदा उनले ८१० खेल खेल्दै ६८३ गोल गरेका छन्। उनले क्लबका लागि खेल्ने क्रममा १० लालिगा, ४ च्याम्पियन्स लिग र अरु विभिन्न उपाधि गरि ३४ उपाधि आफ्नो हात पारेका छन।

मेस्सीको आजको खबरबाट उनलाई भित्र्याउन चहाने क्लबको प्रमुख सुचिमा म्यानचेस्टर सिटि र पेरिस सेन्ट जर्मन रहेका छन्।

Leave a Reply

Next Post

"क्लबलाइ नै नष्ट गर्ने निर्णय लिन सक्दिन, सबैभन्दा महत्वपुर्ण बार्सिलोना फुटबल क्लब हो !!"

Fri Aug 6 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । केहि दिन अघिसम्म सजिलै सफल हुने सम्भावाना देखिएको लियोनल मेस्सी र बार्सिलोनाको सम्झौता हिजो बेलुका टुटेको थियो । मेस्सीको सम्झौताले निरन्तरता नपाए पछि, उनको बार्सिलोनाको दशकको बसाइ टुङ्गिएको थियो। उक्त खबरले खेलकुद जगत नै तरंगित भेकको छ। कसैलाई नरमाइलो लागिरहेको बेला, पीएसजी र म्यानचेस्टर सिटि […]
%d bloggers like this: