हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ| बार्सिलोनाका स्टार फरवार्ड खेलाडी लियोनल मेस्सी र बार्सिलोना क्लब नयाँ सम्झौताको नजिक पुगेका छन्।
बार्सिलोनाका अध्यक्ष जोअन लपोर्ताले एक पत्रिकालाई उद्धृत गर्दै मेसी र आँफुहरु सम्झौताको नजिक पुगेको जानकारी दिएका थिए।
करिब डेढ वर्षदेखिको बार्सिलोनाको आन्तरिक कलह,क्लबको भविष्यको दिशा तथा व्यवस्थापन प्रणाली माथि प्रश्न उठाउँदै लियोनल मेस्सीले पोहोर क्लब छोड्ने घोषणा गरेका थिए।
क्लबमा ऋणको भार र त्यसमाथि पनि घरेलु तथा युरोपियन फुटबलमा राम्रो प्रदर्शन गर्न नसक्नु तथा ब्यबस्थापन डामाडोल भएपछि पूर्व अध्यक्ष बार्तेमोउ ले गत सिजन राजीनामा दिएका थिए।
आफ्नो सम्झौता सक्किसकेको र आफूले क्लब छाड्न पाउनुपर्ने भन्दै मेस्सी गत बर्षको प्रि सिजनमा समेत आएका थिएनन्। पूर्वअध्यक्ष बार्तेमोउले मेस्सीले फ्रीमा क्लब छाड्न नपाउने भनेपछि मेसी र बार्सिलोना बीच विवाद चुलिएको थियो।
भनिन्छ बार्तेमोउकै कारणले गर्दा आफ्ना राम्रा खेलाडी लुइस सुआरेजले बार्सिलोना छाडेर एटलेटिको संग सम्झौता गरेका थिए। उनकै कारणले गर्दा लियोनल मेस्सीले बार्सिलोना लगभग छाडिसकेका थिए तर बार्तेमोउले राजीनामा दिए संगै उनका ठाउँमा आएका जोअन लपोर्ताले मेस्सीलाई हर हालमा बार्सिलोना मै राख्ने कुरा जिकिर गर्दै आएका छन् ।
क्लब छाड्न नमिले पछि अदालतमा पनि यो मुद्दा जान सक्ने थियो, तर बार्सिलोना प्रतिको आफ्नो मायाले गर्दा कोर्टमा पुग्न नसकेको कुरा मेसीले पोहोर बताएका थिए।
नयाँ ब्यबस्थापन संगै केहि सुधारका कार्यहरु ले गर्दा मेस्सी बार्सामै बस्ने कुरामा लपोर्ता ढुक्क देखिन्छन्।
क्लबबाट ऋणको थुप्रोलाई बिस्तारै पन्छाउदै,बार्साको मूल मन्त्र पछ्याउदै आफ्नो ला मसियाबाट फेरी खेलाडीहरु पहिलो श्रेणीमा आउन थालेका छन्।
युरोपेली फुटबल र घरेलु लिगमा खास्सै जादु देखाउन नसकेपनि क्लब भित्र भैरहेको प्रगतिले मेस्सी सायद अब फेरी बार्सिलोना मै बस्नेछन् भनेर धेरैले अड्कल लाउन थालिसकेका छन्।