मेस्सी र रोनाल्डोले अहिले सम्म सर्बाधिक गोल गरेका ५ क्लब

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमा एकछत्र राज गरेका क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले आपसमा ११ पटक बेलुन डी ओर जितेका छन्।

आपसमा १५ सयभन्दा बढी गोल गरिसकेका यी दुई महान खेलाडीहरुले आफ्नो खेल जिवनमा थुप्रै क्लबहरुलाई घुँडा टेकाए।

युरोपमा सर्वाधिक गोलकर्ता लाई दिइने गोल्डेन शु यी दुई खेलाडीले आपसमा कुल १० पटक बाँडेका छन् भने युरोपेली च्याम्पियन्स लिगको उपाधि ९ पटक जितेका छन्।

आज हामी दुबै महान् हस्तीहरुले सर्वाधिक गोल गरेका ५ क्लवहरु को बारेमा छोटो चर्चा गर्नेछौं।

लियोनल मेसीले सर्वाधिक गोल गरेका ५ क्लबहरू:

१) सेविया: स्पेनिस क्लब सेवीया विरुद्ध लियोनल मेसीले सबैभन्दा बढी गोल गर्न भ्याएका छन्। सबै प्रतियोगितामा गरेर कुल ४३ खेल्दा उनले ३८ पटक गोल गर्न सफल भएका छन्।

२) एट्लेटिको म्याड्रिड: लियोनल मेस्सीले आफ्नो शिकार बनाएको अर्को क्लवको एट्लेटिको म्याड्रिड। एट्लेटिको विरुद्ध कुल ४० खेल खेल्दा मेस्सीले ३२ गोल गरेका छन्।

३) भ्यालेन्सिया: मेस्सीले सर्वाधिक गोल गरेको अर्को क्लब पनि स्पेनिश क्लब, भ्यालेन्सिया रहेको छ। भ्यालेन्सीया विरुद्ध ३६ पटक प्रतिस्पर्धा गर्दा मेस्सीले ३१ गोल गरेका छन्।

४) एट्लेटिक बिलबाओ: स्पेनिस क्लब बेलवा विरुद्ध लियोनल मेस्सीले कुल ४१ खेल खेल्दा २९ पटक गोल गर्न सफल भएका छन्।

५) रियाल मड्रिड: चिरप्रतिद्वन्द्वी रियल म्याड्रिड विरुद्ध लियोनल मेस्सीले सबै खेलमा ४५ सहभागिता जनाउँदा कुल २६ गोल गर्न सफल भएका छन्।

क्रिष्टियानो रोनाल्डोले गोल गरेका सर्वाधिक ५ क्लवहरु:

१) सेविया: क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब सेविया विरुद्ध सबैभन्दा राम्रो आँकडा निकालेका छन्। कुल १८ खेल खेल्दा सेबिया विरूद्ध रोनाल्डोले २७ गोल गर्न भ्याएका छन्।

२) एट्लेटिको म्याड्रिड: मेस्सी र रोनाल्डोले सर्वाधिक गोल गरेका साझा क्लबमा एट्लेटिको पनि परेको छ। क्रिष्टियानोले एट्लेटिको विरुद्ध कुल ३५ खेल खेल्दै २५ गोल गरेका छन्।

३) गेटाफे: क्रिष्टियानो रोनाल्डोको गोल रेसियो गेटाफे विरूद्ध लाजवाफ रहेको छ। उनले गेटाफे विरुद्ध केवल १४ खेल खेल्दा २३ गोल गर्न भ्याएका छन्।

४) सेल्टा भीगो: रोनाल्डोले सर्वाधिक गोल गरेको अर्को क्लब पनि स्पेनिश नै रहेको छ। उनले गेटाफे विरुद्ध कुल २० गोल गरेका छन्।

५) बार्सिलोना : खेल जीवनको समकालीन चिरप्रतिद्वन्द्वी बार्सिलोना विरुद्ध रोनाल्डोले कुल ३४ खेल खेल्दा २० गोल गर्न सफल भएका छन्।

 

Leave a Reply

Next Post

शहीद स्मारक ए डिभिजन लिग कार्तिक २९ गते देखि सुरु हुँदै

Wed Oct 27 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली घरेलु फुटबलको प्रतिष्ठित फुटबल प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग आउदो कार्तिक २९ गते गतेबाट सुरु हुँदैछ। घरेलु फुटबल लिग प्रतियोगिता यसपटक ४४औं संस्करणमा प्रवेश गर्नेछ। गत बर्षको कोभीडका कारण सम्पन्न हुन नसकेको प्रतियोगिता यसवर्ष भाद्रमै हुने भनीएता पनि फेरि कार्तिकसम्म पछि सरेको थियो। कोभिड महामारी […]
%d bloggers like this: