हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाली समयानुसार शनिबार बेलुकी ५:३० मा भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभार्तनलाइ ४-० को गोलान्तरले पराजित गरेको छ।
एभर्टन र युनाइटेडको सुरुवाती ११ यस प्रकारको थियो : युनाइटेड – ( मार्सियल, डेनियल जेम्स, ब्रुनो फ़र्नाण्डेज, गरिनवुड, मेटिच, भ्यान डि बिक, श, मेग्वायर, लिण्डेलफ़, वान बिसाका, डेभिड दिगिया । एभर्टन – ( ग्रे, इवोबी, रोड्रिगेज, टाउनसेन्ड, एलान, डोउकौरे, डिग्ने, गोदफ्रे, किएन, कोल्म्यन , पिक्फ़र्ड !!
आक्रामक सुरुवात गरेको युनाइटेडले आठौ मिनेटमै अग्रता लिएको थियो। एभर्टनका किपर पिकफ़र्डको गल्तिका कारण एभर्टन आठौ मिनेटमा नै पछाडी परेको थियो। डिफेन्सबाट किपरलाइ दीइएको बललाइ किपरले सम्हाल्न नसक्दा, ग्रिन्वुडका लागि गोल गर्ने मौका मिलेको थियो जसलाई उनले बखुबी निर्बाहगर्दै खेलमा महत्वपुर्ण अग्रता दिलाएका थिए।
गोल पश्चात दबाब सिर्जना गर्न सुरु गरेको युनाइटेडका लागि कप्तान मेग्वायरले १५औ मिनेटमा गोल गर्दै अग्रतालाइ दोब्बर पारेका थिए। कर्नरबाट शद्वारा प्रहार गरिएको किकलाइ उत्कृष्ट ढंगले हेडिङ्ग गर्दै उनले गोल गरेका थिए।
पहिलो हाफमै दुइ गोल गरिसकेको युनाइटेडका लागि अर्को गोल थप्ने क्रममा ब्रुनो फ़र्नाण्डेजले २९ औ मिनेटमा गोल गरेका थिए। डि बक्स बाहिरबाट उनले प्रहारगरेको फ्रीकिक टप् कर्नर हुदै गोल हुन पुगेको थियो। पिकफ़र्डले सहि दिशा तर्फ डाइभ लगाएता पनि, प्रहारलाइ रोक्न भने सकेनन।
हाफ टाइम सकिदा युनाइटेडले ४-० को अग्रता लिएको स्थिति थियो।

दोस्रोहाफमा भने युनाइटेडले अग्रतामा एक गोल थप गरेको थियो । दोस्रो हाफ सुरुहुदा नै निकै परिवर्तन भए , युनाइटेडका लागि डेभिड दिगिया र मेसन ग्रिन्वुड बाहेक सबै खेलाडीहरु परिवर्तन भए भने, एभर्टनका लागि डिग्ने, इवोबीबाहेक सबै खेलाडीहरु परिवर्तन भएका थिए।



दोस्रो हाफको ९०औ मिनेटमा फ्रेडको एसिस्टमा डीयागो डालोटले गोल गर्दा युनाइटेडको अग्रता ४-० भएको थियो।
नयासिजन सुरुहुन केहि समयमात्र बाकी रहदा युनाइटेडले राम्रो लय देखाएको छ। यस सिजन भराने, सान्चो जस्ता विश्वस्तरीय खेलाडीहरु भित्र्याएको युनाइटेड प्रिमियर लिगको उपाधि उठाउने दाउमा छ।
पल पोग्बाको भबिष्यका बारेमा भने केहि पनि जानकारी बाहिर आएको छैन। आजको खेलमा पल पोग्बालाइ भने ओलेले ४६औ मिनेटमा भित्र्याएका थिए।
एभर्टनले भने लेभार्कुसनबाट डेमरै ग्रे, बर्न्माउथबाट अस्मिर बेगोभिच र जोशुवा किङ्ग भित्र्याएको छ।