हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गएराति सम्पन्न कतार बिरुद्धको अन्तरास्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले ३-० को सहज जित हात पारेको छ।
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पहिलो हाफको ३७औ मिनेटमा कीर्तिमानी ११२औ गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए।
डिएगो दालोतको बललाई पेनाल्टी एरियामा ट्याप इन गर्दै रोनाल्डोले व्यक्तिगत तथा टिमका लागि पहिलो गोल गरेका थिए।
आफैले राखेको १११ अन्तरास्ट्रिय गोलको रेकर्डलाई सुधार्दै रोनाल्डोले एक गोल थपेका हुन। गोल संगै पुरुष फुटबलमा रास्ट्रका लागि सर्बाधिकअन्तरास्ट्रिय गोल गर्ने किर्तिमान ११२ गोल पुगेको छ।
गोल गरेता पनि क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा भने प्रतिस्थापन भएका थिए। आगामी साता बाट सुरु हुने घरेलु लिगमा आराम दिन उनलाई प्रशिक्षकले दोस्रो हाफमा सब्स्टिट्युट गरेका थिए।
रोनाल्डो संगै जोसे फोन्ले ले ४८औ मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बार बनाए।
कर्नरमा कतारका किपरले बचाव गरेको बल रिबाउन्ड हुदा फोन्तेले अर्को ट्यापइन गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए।
खेलको ९०औ मिनेटमा डी एरिया बाहिर बाट आएको क्रसलाई उत्कृस्ट हेडर गर्दै आन्द्रे सिल्भाले पोर्तुगललाई ३-० को जित दिलाएका थिए।