“मोहम्मद सलाह अहिले विश्वकै सबैभन्दा उत्कृस्ट खेलाडी” – योर्गन क्लोप

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलले विकाराज रोडमा वाटफोर्डलाई अविश्वसनीय प्रदर्शनले ५-० ले हराए संगै मोहम्मद सलाह विश्वकै अहिलेको उत्कृस्ट खेलाडी भएको लिभरपुलका प्रशिक्षक क्लपले बताएका छन्।

निर्धारित ९० मिनेटको खेलमा सुरुवातदेखि अन्त्यसम्म आफ्नो दबदबा राखेको लिभरपुलका लागि सलाहले पहिलो गोलका लागि सडियो मानेलाई स्तरीय थ्रुबल दिएका थिए।

तर वाटफोर्डको डीबक्स भित्र वाटफर्डका ३ खेलाडीलाई छक्याउँदै उनले गरेको एकल गोल, मानेलाई दिएको एसिस्ट भन्दा निकै स्तरीय रहेको थियो।

करियरकै उच्च फर्ममा रहेका महमद सालाले एकपछि अर्को स्तरीय प्रदर्शन देखाइरहँदा लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले उनलाई मुक्तकण्ठले प्रशंसा गर्न भ्याएका छन्।

“(कम अन), ऊ भन्दा राम्रो को छ?” क्लोपले बीटी स्पोर्टलाई भने। “हामी मेस्सी र रोनाल्डोले विश्व फुटबल र उनीहरुले विश्व फुटबललाई दिएको देन र  प्रभुत्व को लागी के गरेका छन् भन्ने बारेमा कुरा गर्न छैन, तर, अहिले, उनी सबैभन्दा राम्रो छन्।

“उनको प्रदर्शन निकै राम्रो थियो। पहिलो गोलको लागि पास उत्कृष्ट थियो र दोस्रो गोल विशेष थियो। ऊ शीर्ष छ, हामी सबैले देख्यौं।”

पछिल्ला नौ खेल मा आठौं गोल गर्न भ्याएका सलाहका लागी क्लोपले थपे, “उनी सबै भन्दा राम्रो छ, मलाई लाग्छ, हरेक दिन,”

सलाहको प्रदर्शनले उनलाई  १०/१० रेटिंग संगै म्यान अफ द म्याच दिलाएको थियो। आफ्नो प्रदर्शन बारे बोल्दै सलाह भन्छन- “कहिलेकाहीँ भाग्यले साथ दिदैन, म आफु सँग भएको १००% दिने कोशिश गर्दैछु।“

“म यस समयमा विश्वस्त छु, म गोल गर्दै छु, टोलीलाई अंक जित्न मद्दत गर्दै, जुन सबैभन्दा महत्त्वपूर्ण कुरा हो।” उनले थपे।

इंग्लिस प्रिमियर लिगमा एक मात्र अपराजित रहेको लिभरपुल चेल्सी भन्दा १ अंक कम बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ।

Leave a Reply

Next Post

भ्यालेन्सिया बिरुद्धको खेलअघि बार्सिलोना टोलीमा स्टार खेलाडीहरुको पुनरागमन

Sun Oct 17 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्जियो अगुएरो र अन्सु फाटी बार्सिलोनाको २३ सदस्यीय टोलीमा आइतबार क्याम्प नोउमा भ्यालेन्सियासँगको महत्वपूर्ण ला लिगा खेलका लागि सामेल भएका छन्। म्यानचेस्टर सिटीका महान खेलाडी अगुएरोले बार्सिलोनाका लागि प्रतिस्पर्धात्मक खेलमा मे महिनाको अन्त्यमा सामेल भएपछि खुट्टामा परेको चोटको कारण मैदानमा उत्रन सकेका छैनन्। लामो समयसम्म घुँडामा […]
%d bloggers like this: