हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै सिजनको युरोपेली च्याम्पियन्स लिग फाइनलका दुई प्रतिद्वन्द्वीहरुको तय भइसकेको छ।
कीर्तिमानी १३ पटक च्याम्पियन्स लिग जितेको रियल मड्रिडले ६ पटकको विजेता लिभरपुल विरुद्ध पेरिसमा प्रतिस्पर्धा गर्नेछ।
लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियललाई पराजित गर्दा स्पेनिस महारथि रियल मड्रिडले इंग्लिस टोली म्यानचेष्टर सिटीलाई पराजित गर्न सफल भयो।
पहिलो लेगको हारबाट पुनरागमन गर्न सफल भएको रियल मड्रिडको यसपटकको फाइनलको यात्रा, प्रतियोगिताको इतिहासमै सर्वश्रेष्ठ मध्यको एक रहेको छ।
लिभरपुल र रियल मड्रिडले यसअघि सन् २०१८ को च्याम्पियन्स लिग फाइनलमा एक अर्कालाई सामना गरेका थिए।
उसबखत लिभरपुललाई पराजित गर्दै रियल मड्रिडले लगातार तेस्रोपटक उपाधि जित्दै इतिहास रचेको थियो।
यसपटक लिभरपुललाई उक्त हारको प्रतिशोध लिने राम्रो अवसर रहेको छ।
यसै विषयमा बोल्दै लिभरपुलका फर्वाड मोहम्मद सलाहले आफूहरुले रियल मड्रिड फाइनलमा चाहेको कुरा बताएका छन्।
“यदि तपाईंले [लिभरपुलमा] सबैलाई सोध्नुभयो भने, सबैले त्यो खेल चाहन्थे।” सलाहले स्काईलाई भने।
“मलाई थाहा छैन किन हामीलाई यसको बारेमा कुरा गर्न अनुमति छैन, तर म यसको बारेमा कुरा गर्न ठीक छु – म त्यो खेल चाहन्थे।
“म फाइनल खेल रियल म्याड्रिड खेल्न चाहन्थे।”
सलाहले च्याम्पियन्स लिगमा लस ब्लान्कोस विरुद्ध खेलेका पाँच पटकमा एक बराबरी र चार पराजयको व्यक्तिगत रेकर्ड राखेका छन्।
उनले २०२०-२१ क्वार्टरफाइनल चरणको पहिलो लेगमा एक पटक गोल गरेका थिए।
सन् २०१८ को लिभरपुल र म्याड्रिड बीचको फाइनल सलाहको लागि स्मरणीय रह्यो।
सर्जियो रामोससंग बल जित्ने क्रममा उनि चोटिल हुँदै मैदान छाडेपछि रियल मड्रिडले खेलमा थप दबाब बनाउदै ट्रफी आफ्नो पक्षमा पारेको थियो।
उक्त हारको तितो सम्झना अझै रहेपनि लिभरपुलले त्यस पश्चातको सिजनमा च्याम्पियन बनेर उक्त हारको पीडा बिर्साउन सफल भएको थियो।
रियल मड्रिडलाई ३ दशक पछि फाइनल खेलमा हार चखाउन, सलाह अहिले भने तयार देखिन्छन्।