हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको म्यानचेस्टर डर्बीमा म्यानचेष्टर सिटी विजयी भएको छ।
म्यानचेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा कट्टर प्रतिद्वन्दी म्यान्चेस्टर युनाइटेडलाई २-० ले पराजित गर्दै दुई सिजन पश्चात युनाइटेड विरुद्ध लिगमा जित निकालेको छ।
सिटीको जीतमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर इरिक बेलिले एक आत्मघाती गोल को योगदान दिएका थिए।
खेलको ८औं मिनेटमा म्यानचेष्टर सिटीको क्रसलाई बचाउने क्रममा युनाईटेडका डिफेन्डर बेलीले आफ्नै पोष्टमा बल छिराएका थिए।
घरेलु टोली युनाइटेडलाई पुरै दबाबमा राखेको म्यानचेष्टर सिटीले एकपछि अर्को र आक्रमणका प्रयास गरेपनि गोलकिपर डेभिड डिगियाले स्तरीय किपिङ गर्दै लिभरपुल पश्चात अर्को लज्जास्पद हारबाट जोगाएका थिए।
सिटीले युनाइटेडलाई खेलमा पुनरागमन गर्ने कुनै पनि मौका दिएन। पहिलो हाफको ४५ औं मिनेटमा सिटीका मिडफिल्डर बर्नरडो सिल्भाले साँघुरो कोणबाट राम्रो गर्दै पहिलो हाफमा सिटी लाई २-० को अग्रता दिलाए।
खेलको दोस्रो हाफमा कुनै पनि पक्षले गोल गर्न नसकेपछि डर्बी खेल २-० को स्थितिमा टुंगिएको थियो।
जितसँगै म्यानचेष्टर सिटीले शीर्ष स्थानको चेल्सी संगको दुरी अङ्कमा झरेको छ भने हाललाई दोस्रो स्थानमा उक्लिएको छ।
लगातार खराब प्रदर्शन गरिरहेको म्यान्चेस्टर युनाइटेडको सिजनको यो चौथो हार रहेको छ। लगातार दबाब भोगिरहेको युनाइटेडको टोली पछिल्लो पाँच प्रिमियर लिगको खेलमा केवल एकमा जित निकाल्दै पाचौं स्थानमा छ भने तालिकामा अझै तल झर्ने प्रबल सम्भावना रहेको छ।
युनाटेडका व्यवस्थापक ओले गनरको भने हार सँगै बर्खास्त हुने प्रबल सम्भावना रहेको छ।