हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले सिजनको अन्त्य नजिकिए संगै स्थायी प्रशिक्षकको खोजीकार्य लाई तिब्रता दिएको छ।
जसमा इंग्लिस महारथी रेड डेभिल्सका नयाँ प्रशिक्षकले २०२२/२३ को सिजनको सुरुवात अघिनै राल्फ राङ्गनिकबाट जिम्मेवारी लिनेछन्।
रागनिकलाई गत नोभेम्बरमा सिजनको अन्त्यसम्म आधा वर्षको सम्झौतामा अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त गरिएको थियो।
यसै साता क्लबका खेलकुद निर्देशक जोन मुर्टोले जर्मन प्रशीक्षक राल्फका उत्तराधिकारीका लागि स्थायी प्रशिक्षकको खोजी भइरहेको बताएका छन्।
राल्फले भने क्लबमा यस सिजन लगत्तै सल्लाहकारको भूमिकामा युनाईटेडमा आबद्धता जनाउने छन्।
नर्वेजियन कोच ओले गनर सोलसायरलाई बर्खास्त गरे संगै जर्मन प्रशिक्षक राल्फलाई यस सिजनको अन्त्य सम्म अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिईएको छ।
“हामी अब नयाँ स्थायी प्रबन्धकको नियुक्तिको लागि विस्तृत प्रक्रिया सञ्चालन गर्दैछौं जसले हामीलाई ती घरेलु र युरोपेली उपाधिहरूका लागि चुनौतीपूर्णमा फर्काउने उद्देश्यका साथ यस समरमा जिम्मेवारी लिनेछन,” मुर्टोफले भने।
रेड डेभिल्सको फर्म अहिले सम्म राल्फ राग्निकको कार्यकालमा स्थिर भएको छ।
टोलीको बारेमा बोल्दै निर्देशक मुर्टोले च्याम्पियन्स लिग छनोट सुरक्षित वर्तमान सिजनको बाँकी को लागि प्रमुख प्राथमिकता रहेको र दीर्घकालीन उद्देश्य पुनः घरेलु लिगमा ट्रफी जित्नेमा फर्कने हो भन्ने संदेश दिएका थिए।
“प्रिमियर लिगमा, हामीले अक्टोबर र नोभेम्बरको शुरुमा प्रबन्धकको रूपमा ओले गुन्नार सोल्स्कजायरको प्रस्थान देखेको दौड पछि अन्तरिम प्रबन्धक राल्फ रान्ग्निकको नेतृत्वमा सुधारिएको नतिजाहरू देख्यौं ,” उनले भने।
हामीलाई थाहा छ कि निरन्तरता महत्वपूर्ण छ किनकि हामी यस सिजन शीर्ष चारमा पुग्ने प्रयास गर्छौं।
“यद्यपि, म दोहोर्याउन चाहन्छु कि यो म्यानचेस्टर युनाइटेडको लागि अन्तिम उद्देश्य होइन र क्लबका सबैजना शीर्ष ट्रफीहरू जित्नका लागि केन्द्रित छन्।”
म्यानचेस्टर युनाईटेड हाल प्रिमियर लिगमा चौथो स्थानमा रहेको छ भने आउँदो साता लिगमा घरेलु प्रतिद्वन्दी म्यानचेस्टर सिटिको सामना गर्नेछ।