म्यानचेस्टर युनाइटेड समर्थक ग्रिलिस ऐतिहासिक डिलअन्तर्गत म्यानचेस्टर सिटीसंग अनुबन्धित हुदै !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। एस्टन भिल्लाका सुपरस्टार खेलाडी ज्याक ग्रिलिस म्यानचेस्टर सिटीसंग अनुबन्धित हुने प्रक्रिया एकदमै नजिकिएको छ।

म्यानचेस्टर सिटीले राखेको १०० मिलियन पाउण्डको अफरलाइ स्वीकार गरेको एस्टन भिल्लाले अब बाकी कुराहरुको टुंगो लगाउन बाकी छ।

व्यक्तिगत कुराहरुमा अहिले को अवस्थामा स्वीकार्य भने भएको छैन। तर विभिन्न मिडिया तथा विश्लेषकहरुको धारणा अनुसार डिल ९० प्रतिशत सफल भैसकेको छ।

१०० मिलियन पाउण्डको यो सम्झौता सफल भएमा, उक्त सम्झौता प्रिमियर लिगको अहिले सम्मको सबै भन्दा ठुलो ट्रान्सफर हुने छ।

म्यानचेस्टर सिटीको नजरमा टटेन्हामका ह्यारी केन पनि रहेका छन्, जो आफ्नो बर्तमान क्लबको प्रशिक्षणमा उपस्थित नभएको दुइ लगातार दिन भैसकेको छ।

सिटीको इच्छा भए पनि, यस अघि राखिएको १०० मिलियनको पाउण्डलाइ टटेन्हामले रिजेक्ट गरेको थियो। अबको सम्झौताका लागि सिटीले १०० मिलियन भन्दा बढिको अफर राख्नु पर्ने आवश्यक देखिन्छ ।

सिटी, ग्रिलिस र एस्टन भिल्लाका प्रमुख कर्मचारीहरुको डिल सम्बन्धि अन्तिम छलफल आज भैरहेको अवस्था छ । उता तिर एस्टन भिल्लाले भने बायर्न लिभारकुसनबाट लियन बेलीका रुपमा आजै नया एटेकिङ्ग खेलाडी भित्र्याएको छ।

ग्रिलिसको डिल सफल भएको खण्डमा ४० मिलियन पाउण्डमा मुल्यांकन गरिएका चेल्सीका ट्यामी एब्राहामलाइ पनि भित्राउने तरखरमा रहेको छ।

ग्रिलिश सिटी भित्रिने कुरा फैलीसके पछि, सिटीको राइभल युनाइटेडका समर्थकहरुले ज्रिलिशले ८-१० बर्ष अगाडी गरेका ट्विटहरुलाई चर्चामा ल्याईरहेका छन्। अघिल्ला ट्विट हेर्दा ग्रिलिश म्यानचेस्टर युनाइटेडका ठुला समर्थक देखिन्छन। युनाइटेडको समर्थन मात्र नभएर उनका ट्विटहरुबाट सिटी प्रतिको घृणा पनि झल्किएको छ।

उनको एक ट्विटमा भनिएको छ ” फुटबल इस अन, प्लिज युनाइटेड्ले जितोस अनि सिटीले हारोस, मा सिटीले लिग जितेको हेर्न सक्दिन हाहा, भिल्लालाइ पनि जितका लागि शुभकामना, #एस्टनभिल्ला #युनाइटेड ”

उनका ट्विटहरु यस प्रकार छन् :

 

Leave a Reply

Next Post

प्रिसिजन : रेडबुल साल्ज्बर्ग बिरुद्दको खेलमा बार्सिलोना पराजित !!

Thu Aug 5 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ | गए राति भएको रेड बुल साल्ज्बर्ग र बार्सिलोनाबिचको खेलमा साल्ज्बर्ग २-१ को गोलान्तरले बिजयी भएको छ। नया अनुबन्धनका खेलाडी मेम्फिस डिपेसंगै ग्रिजमेन, डी यांग, गभिरा, बस्केट्स, गोन्जालेज, अल्बा, लेंग्लेट, अरौजो, डेस्ट र किपरमा नेटो सहित मैदान उत्रिएको बार्सिलोनाले ४३औ मिनेटमा नै आफुलाई १-० गोलले पछाडी […]
%d bloggers like this: