हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजन लिगमा दोस्रो स्थान हात पारेको म्यानचेस्टर युनाईटेडमा राफेल भारान र क्रिस्टियानो रोनाल्डोको आगमन पछि सकारात्मकता र थप उचाईको अपेक्षा गरिएको थियो।
तर बास्तबिकता भने उल्टो हुन पुगेको छ र किपर डेभिड डे गियामा निर्भरताले उचाईको प्रतिस्थापन गरेको छ।
स्पेनियार्ड अहिलेको प्रिमियर लिग सिजनको सबैभन्दा प्रभावशाली गोलकिपर रहेका छन्। उनले बारम्बार म्यानचेस्टर युनाईटेडलाई लगातार लज्जास्पद हार बेहोर्नबाट जोगाईरहेका छन्।
युनाईटेडका लागि यस्ता धेरै तथ्याङ्कहरू रहेका छन् जसले म्यानचेस्टरको डरलाग्दो स्थिति बताउदछ, जसमा एउटै गोल नगरी यो अवधिमा १२० कर्नर हुनु एक हो। वास्तवमा युनाईटेड प्रायः आफ्नै कर्नर जोगाउन पनि निकै कम्जोर देखिन्छ।
तर गत सिजनको खराब फर्म पश्चात जसरि डेभिड अहिलेको आक्रामक फर्ममा आएका छन्, उनि सम्भवत म्यानचेस्टर युनाईटेडमा हाल सबै भन्दा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडी रहेका छन्।
टोलिको स्तर जतिनै खराब भएपनि एक ढिक्का भएर उनले युनाईटेडलाई यस सिजन मात्र हैन बिगत ३ ४ सिजन यता शिर्ष दौडमा उभ्याईरहेका छन्।
डि गिया नोभेम्बर र डिसेम्बरका लागि युनाइटेडको महिनाको प्लेयर अफ द मन्थ घोषित भए, र बुधवार ब्रेन्टफोर्ड विरुद्धको खेलमा उनले विश्व स्तरीय बचाव गर्दा युनाईटेड पछि पर्न बाट जोगिएको थियो।
एट्लेटिको म्याड्रिडका पूर्व गोलकिपरले यस सिजन प्रिमियर लिगमा ८२ बचाउ गरेका छन्, जुन डिभिजनमा सबैभन्दा धेरै बनाएको हो।
वेस्ट ह्याम युनाइटेडको सट-स्टपर लुकाज फाबियनस्की जसले ७० सेभ गरेका छन्, स्पेनियार्डका लागि सबैभन्दा नजिकको प्रतिष्पर्धी बनेका छन्।
पेनाल्टी बचाउन नसक्ने भनेर खुब आलोचना भोगेका उनले त्यो पक्षमा पनि यसपटक निकै मेहेनत गरेका छन।
उक्त कमजोर विशेषताहरु मध्ये एक पनि सुधार गरिएको छ, गोलकिपरले यो सिजन सामना गरेको तीन पेनाल्टी मध्ये दुई को बचाव गरिसकेका छन्।
हालको शीर्ष १० मा रहेका टोलीहरूमध्ये लेस्टर सिटीले मात्र युनाइटेडभन्दा बढी गोल खाएको छ र युनाइटेडले यस अवधिमा चारवटा मात्र क्लिन शिट राखेको छ।
डेभिडको ठाउँमा युनाईटेडमा कुनै अरु किपरले सायदै त्यस्तो प्रदर्शन दिन सक्थे होला।