म्यानचेस्टर युनाईटेडको जितमा रोनाल्डोको ऐतिहासिक ह्याट्रिक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार बेलुकी भएको खेलमा म्यानचेस्टर युनाईटेडले टोटेन्ह्याम हटस्पर्सलाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

म्यान युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको रोमान्चक खेलमा स्टार पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्दै घरेलु टोलीलाई जित दिलाएका थिए।

यस संगै रोनाल्डोले करियरको ५९औं ह्याट्रिक पुरा गर्ने क्रममा करियरको ८०७ औ गोल पुरा गरेका छन जुन अर्को ऐतिहासिक सफलता रहेको छ।

निकै रोमान्चक बनेको खेलमा रोनाल्डोले पहिलो हाफको १२ औ मिनेटमा डी एरिया बाहिरबाट शानदार सट लिँदै गोल गरेका थिए।

एक गोलले पछि परेको स्पर्सले ह्यारी केनको गोलको मद्दतले खेलमा वापसी गरेको थियो। युनाईटेडका एलेक्स टेलेसले आफ्नै डिबक्समा ह्यान्ड गरेपछि स्पर्सले पेनाल्टी पाएको थियो।

पेनाल्टीमा गोल गर्दै इंग्लिस फरवार्ड ह्यारी केनले स्पर्सलाई ३४ औ मिनेटमा १-१ को बराबरीमा पुर्याए।

तर खेल बराबरीमा पुगेको केहि समय बित्न नपाउदै, रोनाल्डोले जेडन सान्चोको पासमा ट्याप इन गोल गर्दै पहिलो हाफकै ३८औ मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै युनाईटेडलाई २-१ को स्थितिमा पुर्याए।

त्यसपछि थप गोल नभएपछि पहिलो हाफको खेल २-१ को नतिजामा पुगेको थियो।

दोस्रो हाफमा आक्रामक भएर उत्रेको पाहुना टोलि स्पर्सले म्यानचेस्टर युनाईटेडका डिफेन्डर तथा कप्तान ह्यारी मग्वायरको आत्मघाती गोल उपहार पायो।

डी एरिया बाहिर बाट आएको बललाई क्लिअर गर्ने क्रममा दोस्रो हाफको ७२ औ मिनेटमा उनले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए।

बराबरी तर्फ मोडिएको खेलमा रोनाल्डोले ८१ औ मिनेटमा पाएको कर्नरमा उत्कृस्ट हेडर गर्दै म्यानचेस्टर युनाईटेडको जर्सीमा दोस्रो तथा समग्र खेल करियरको ५९ औ ह्याट्रिक पुरा गर्दै टोलीलाई ३-२ को महत्वपूर्ण जित दिलाउन सफल भएका थिए।

जित संगै म्यानचेस्टर युनाईटेडले शिर्ष ४ मा स्थान बनाउने लक्ष्य जिवितै राखेको छ। २९ खेल खेलेको रेड डेभिल्स ५० अंकका साथ चौथो स्थानमा उक्लेको छ भने हार बेहोरेको स्पर्स सातौ स्थानमा यथावत रहेको छ।

 

Leave a Reply

Next Post

टोटेन्हम विरुद्ध रोनाल्डोले बनाएका केहि किर्तिमानहरु

Sun Mar 13 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले शानदार प्रदर्शन गर्दै शनिबार बेलुकी म्यानचेस्टर युनाईटेडलाई महत्वपूर्ण ३ अंक दिलाए। च्याम्पियन्स लिग खेल्ने अभियानमा रहेको म्यानचेष्टर युनाइटेडका लागि स्पर्स विरुद्धको जितमा रोनाल्डोले व्यक्तिगत खेल जीवनको ५९औ ह्याट्रिक गरेका थिए। पछिल्लो तीन महिनामा एक खेलमा मात्र गोल गरेका क्रिस्टियानो रोनाल्डोले आफ्नो […]
%d bloggers like this: