हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार बेलुकी भएको म्यानचेष्टर युनाइटेड र एटलान्टा विरुद्धको खेल बराबरीमा सकिएको छ।
इटालियन टोली एटलान्टा घरेलू मैदानमा २-२ को बराबरी निकाल्दै पहिलो लिगको जस्तै आफ्नो अग्रता जोगाउन बाट पुनः चुक्यो।
बराबरीमा स्टार खेलाडी रोनाल्डो भने यूनाईटेडका लागि नायक साबित भएका थिए ।
खेलको पहिलो हाफ दुबै टोलीले राम्रो सुरुवात गरेका थिए। १-१ को बराबरीमा सकिएको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो।
म्यानचेष्टका लागि खेलको छैठौं मिनेटमा मिडफिल्डर स्कोट म्यक्टोमिनेको प्रहार पोस्टमा लागेर फर्किन पुगेको थियो।
तर खेलको १२औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो। युनाटेडका किपर डिगियाले जोसेफ इलिसिकको प्रहारलाई फितलो बचाव गर्दा घरेलु टोलीलाई अग्रता दिलाए।
म्यानचेष्टरका लागि १९औं मिनेटमा रोनाल्डोको हेडरले सही दिशा नपाउँदा खेल बराबरी गर्ने मौका गुमाएको थियो।
३०औं मिनेटमा युनाइटेडका मिडफिल्डर पोगवाले आफ्नै डी एरियामा गल्ती गर्दा एटलान्टाले अग्रता दोब्बर बनाउने राम्रो मौका गुमाएको थियो। सेन्टर डिफेन्डर बेलीले राम्रो रक्षात्मक खेल देखाउँदै संकट टारेका थिए।
पहिलो हाफको इनजुरी समयमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै रोनाल्डोले पाहुना टोलीलाई बराबरीमा ल्याए। गोल सँगै रोनाल्डोले यस सिजन ४ खेलमा ५ गोल गरिसकेका छन्।
दोस्रो हाफको सुरुवातमै रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेजले गोल गर्ने अर्को सुनौलो मौका गुमाएका थिए। किपर बिट भैसकेको अवस्थामा ब्रुनोको प्रहार डिफेन्डरले ब्लक गरेका थिए।
दोस्रो हाफको ५६औं मिनेटमा एटलान्टाका खेलाडी डुभानले स्तरीय गोल गर्दै एटलान्टालाई पुनः खेलमा अग्रता दिलाए। युनाईटेडको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै एटलान्टाले गोल थपेको थियो।
खेल एटलान्टाको पक्षमा देखिँदा म्यानचेष्टर यूनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अप्रत्याशित रूपमा डी एरिया बाहिर बाट गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए। उनले ९०औं मिनेटको इन्ज्यूरी समयमा हारबाट जोगाएका थिए।
बराबरी संगै म्यानचेस्टर युनाईटेड तालिकामा ४ खेलमा ७ अंक सहित शिर्ष स्थानमा यथावत बसेको छ।