म्यानचेस्टर युनाईटेडको लगातार दोस्रो जित, राग्निकको सुखद सुरुवात

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेस विरुद्ध जित निकाल्दै म्यान्चेस्टर युनाइटेडले तालिकामा हाललाई आफ्नो स्थान सुधार गरेको छ।

आइतबार बेलुकी भएको खेलमा म्यानचेष्टर युनाइटेडले घरेलु मैदानमा १-० को नतिजा निकाल्दै लगातार दोस्रो खेल जितेको हो।

गतसाता म्यानचेस्टर युनाइटेडले आर्सनललाई ओल्ड ट्राफोर्डमै ३-२ गोल अन्तरले हराएको थियो।

पछिल्ला केही खेल यता सुधारको संकेत देखाएको घरेलु टोली म्यानचेष्टर यूनाइटेडले अधिकांश समय खेल आफ्नो दबाबमा राखेको थियो।

रक्षात्मक रूपमा निकै राम्रो खेल प्रस्तुत गरेको पाहुना टोली प्यलेसले युनाइटेडलाई पहिलो हाफमा बराबरीमा रोकेको थियो।

प्यालेसका किपर गुवाटीयाले ब्रुनो फर्नान्डेज र रोनाल्डोका केही प्रहार हरुलाई विफल तुल्याउँदै पाहुना टोलीलाई खेलमा राखेका थिए।

तर दोस्रो हाफमा युनाइटेडले प्यालेसको रक्षात्मक प्रतिरोधलाई तोड्दै खेल आफ्नो पक्षमा पारेको थियो।

दोस्रो हाफको मध्यान्ह पछि मेसन ग्रिनउडको पासमा ब्राजिलियन मिडफिल्डर फ्रेडले शानदार फिनीशिङ गर्दै युनाइटेडलाई १-० को साघुँरो जित दिलाएका थिए।

फ्रेडले खेलको ७७औं मिनेटमा गोल गरेका थिए।

जितसँगै म्यानचेष्टर यूनाइटेड तालिकाको छैठौं स्थानमा आएको छ। नतिजाले युनाइटेडलाई चौथो स्थानको वेस्ट ह्याम संगको दुरी ३ अंकमा छोट्याएको छ।

नतिजा संगै क्रिस्टल प्यालेसले भने लगातार तेस्रो हार बेहोरेको छ। १२ औं स्थानमा रहेको प्यालेसले १६ अङ्क जोडेको छ भने समान अंकमा एक खेल कम खेलेको एस्टन भिल्ला १३ औं स्थानमा रहेको छ।

म्यानचेस्टर युनाईटेडमा भर्खरै नियुक्त भएका अन्तरिम प्रशिक्षक राल्फ राग्निकले पनि आफ्नो युनाईटेडको करियरमा सुखद सुरुवात गरेका छन्।

Leave a Reply

Next Post

"म सबैभन्दा सर्वश्रेष्ठ हैन र त्यो कुरालाई सोच्ने प्रयास गर्दिन" - मेस्सी

Mon Dec 6 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लियोनेल मेस्सीले कहिल्यै पनि संसारकै सबैभन्दा महान खेलाडीको ब्रान्डको रुपमा आँफु आउन प्रयास नगरेको बताएका छन्। पेरिसमा सोमबार राति भएको समारोहमा ३४ वर्षीयले सातौं बालोन डी’ओर उपाधि जितेका थिए। एउटा उपलब्धि जसले फ्यानहरू बीचको इतिहासको उत्कृष्ट खेलाडी को हो भन्ने बहसलाई झन् तीव्र पारेको छ। मेस्सीलाई […]
%d bloggers like this: