म्यानचेस्टर युनाईटेडले भित्र्यायो एरिक टेन ह्याग

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस महारथी म्यान्चेस्टर युनाइटेडले लामो कसरत पश्चात एरिक टेन ह्यागलाई आफ्नो प्रशिक्षक बनाएको छ।

क्लबले बिहिबार सामाजिक सन्जाल तथा वेबसाइटमा आधिकारिक जानकरी दिंदै टेन ह्याग अबको नयाँ प्रशिक्षकको रुपमा नियुक्त भएको घोषणा गरेको हो।

उनो सम्झौता आगामी नयाँ सिजनबाट सुरु भएर सन् २०२५ सम्म चल्ने क्लबले बताएको छ।

पूर्व प्रशिक्षक तथा क्लवका लेजेण्ड सोल्सायरलाई बर्खास्त गरेपछि म्यानचेस्टर युनाईटेडमा स्थायी म्यानेजरको कमी रहेको थियो।

उनको ठाउँमा अन्तरिम प्रशिक्षक राल्फ राग्निकले स्थान लिएपनी उनलाई नयाँ सिजन बाट सल्लाहकारका रुपमा राखिनेछ।

एरिक टेन ह्याग भने हाल डच टोलि आयक्सलाई प्रशिक्षण दिइरहेका छन्।

सन् २०१९ मा आयक्सको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भइसकेपछि, उनले आयाक्सलाई दुई पटक शीर्ष डिभिजनको उपाधि जिताईसकेका छन्।

भिसा जारी भएपछि जिम्मेवारी सम्हाल्ने टेन ह्यागले युनाइटेडको आधिकारिक वेबसाइटमा क्लबमा आबद्द हुन पाँउदा निकै उत्साहित रहेको बताए।

साथै क्लबको गरिमामय इतिहासलाई पुनः दोहोर्याउन आतुर रहेको र समर्थकहरु संग काम गर्न पाउनु निकै ठुलो कुरा रहेको बताए।

“म्यानचेस्टर युनाइटेडको प्रबन्धक नियुक्त हुनु ठूलो सम्मानको कुरा हो र म अगाडिको चुनौतीबाट निकै उत्साहित छु।

“मलाई यस महान क्लबको इतिहास र प्रशंसकहरूको जोश थाहा छ, र म उनीहरूको हकदार सफलता प्रदान गर्न सक्षम टोली विकास गर्न पूर्ण रूपमा कटिबद्ध छु।”

“यी अविश्वसनीय वर्षहरू पछि आयक्स छोड्न गाह्रो हुनेछ, र म हाम्रो टोलि तथा समर्थकहरुलाई आश्वासन दिन सक्छु”

म म्यानचेस्टर युनाइटेड जानु अघि मेरो पूर्ण प्रतिबद्धताका प्रशंसकहरू र यस सिजनलाई उचित निष्कर्षमा पुर्याउने छु” उनले बताए।

खाली रहेको म्यानेजरको स्थानका लागि म्यान्चेस्टर युनाइटेडले नोभेम्बरदेखि नै युरोपका शीर्ष प्रशिक्षकहरु संग अन्तर्वार्ता लिएको थियो।

टेन ह्यागलाई तिर्नुपर्ने रकम कम संगै उनको आयक्समा रहेको सिभि र उनको योजनामा पनि सहमति जनाए पश्चात नयाँ प्रशिक्षकको रुपमा उनले ठाउँ पाएका हुन्।

 

Leave a Reply

Next Post

एनफिल्डले दिएको सद्भाव प्रति रोनाल्डोको कृतज्ञता

Thu Apr 21 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्नो नवजात शिशुलाई श्रद्धाञ्जली दिएका लिभरपुल र म्यानचेस्टर युनाइटेडका फ्यानहरूलाई रोनाल्डोले धन्यवाद दिएका छन्। मंगलबार पाँच पटकको बालोन डी’ओर विजेता क्रिस्टियानो रोनाल्डोका लागि लिभरपुलका समर्थकले बिशेष ध्वनि गुन्जाएका थिए। आफ्ना जुम्ल्याहा मध्येका एक रहेका नवजात छोराको निधन पश्चात रोनाल्डो परिवार निकै विक्षिप्त बनेको थियो। आफ्नो नवजात […]
%d bloggers like this: