हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले स्टेडियम स्तरोन्नति गर्ने भएको छ।
क्लबले यसै साता जारि गरेको बिज्ञप्तिमा, क्लबको भविष्य तथा आधुनिक खेल ढाँचालाई अंगाल्दै अब बोर्डले स्टेडियमलाई नयाँ आवरण दिने बताएको छ।
यस कार्यलाई अघि बढाउने सोच एक दशक अघि देखिकै भएपनि ओल्ड ट्राफर्ड हुँदै जाने रेलमार्गले बिधि अघि बढ्न सकिरहेको थिएन।
ओल्ड ट्राफर्ड भत्काउने र नयाँ बनाउने भन्दा पनि क्लबको इतिहासको मुख्य हिस्सा बनेको मैदानलाई यथास्थितिमा राख्दै त्यसैमाथि स्तरोन्नति गर्ने क्लबले बताएको छ।
क्लबले आधिकारिक वेबसाइटमा एक विज्ञप्ति जारि गर्दै बताएको छ:
“म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डको पुनर्विकासको लागि मास्टरप्लान बनाउनको लागि काम सुरु गर्न प्रमुख सल्लाहकारहरूको टोली नियुक्त गरेको छ।”
टोलीको नेतृत्व लिजेन्ड्स इन्टरनेशनल र पपुलसले गर्नेछ, जसमा विश्वभरबाट स्टेडियम विकास अनुभवको राम्रो अनुभब रहेको छ।
“ओल्ड ट्राफर्डका लागि विकल्पहरू विकास गर्न र फ्यानहरूको अनुभवलाई उल्लेखनीय रूपमा बृद्धि गर्ने उद्देश्यका साथ तिनीहरूको सम्भाव्यता अध्ययन गर्ने काम तुरुन्तै सुरु हुनेछ”
“फ्यानहरू प्रक्रियाको हिस्सा हुनेछन्, सल्लाहकार र म्यानचेस्टर युनाइटेड फ्यान सल्लाहकार बोर्ड यस महिना बैठकबाट सुरु हुँदै कार्यलाई अघि बढाइने छ।”
हाल प्रिमियर लिगमा आधुनिक स्टेडियमको ढाँचा बढिरहेको र अन्य प्रतिद्वन्दीहरुले धमाधम स्तरोन्नति गर्न थालेपछि युनाईटेडलाई पनि दबाब बढेको थियो।
जसमा सिटि, चेल्सी, स्पर्स र आर्सनलले यस अघिनै आफ्नो मैदान मर्मत तथा आधुनिक शैलीमा लगिसकेका छन्।
ओल्ड ट्राफोर्डको हालत बिग्रनु हालका सिजनहरूमा क्लबको स्वामित्वको विरुद्ध प्रशंसकहरूको नेतृत्वमा भएको विरोधको केन्द्रविन्दु भएको छ।
गत महिना स्टेडियमको पूर्ण पुनर्निर्माणलाई समर्थन गर्नेहरूमा युनाइटेडका महान ग्यारी नेभिलले क्लबका सुविधाहरू “पछाडि परेका” सुझाव दिएका थिए।
मैदानको स्तरोन्नतिका लागि झन्डै दुई सय मिलियन भन्दा बढी खर्च लाग्ने बताईएको छ।