म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिगको नकआउटमा, रोनाल्डोको छैठौं गोल

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार बेलुकी भएको खेलमा म्यान्चेस्टर युनाइटेडले भिल्लारियल लाई २-० गोल अन्तरले पराजित गरेको छ।

समुह चरण अंतर्गत पाचौं खेलमा घरेलु टोली भिल्लारियललाई पराजित गर्दै म्यान युनाईटेड च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश गरेको छ।

पहिलो हाफ निकै संयमित भएर खेलेको युनाईटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

यसै सिजन युनाईटेड भित्रिएका इन्ग्लिश विंगर जेडन सान्चोले क्लबका लागि आफ्नो खाता खोले भने स्टार खेलाडी रोनाल्डोले जारि च्याम्पियन्स लिग सिजनमा आफ्नो छैठौ गोल गरे।

मुख्य प्रशिक्षक बिनै मैदानमा उत्रिएको म्यान्चेस्टर युनाइटेड पहिलो हाफमा तुलनात्मक रूपमा कमजोर सावित भएको थियो।

दुवै टोलीले गोल गर्ने एकआध राम्रा मौका पाएपनि दुबै टोलीले सदुपयाेग गर्न नसक्दा पहिलो हाफ बराबरीमा रोकिएको थियो।

क्रिष्टियानो रोनाल्डोले पहिलो हाफमा एकमात्र शट अन टार्गेटको रूपमा हेडर प्रहार गरेका थिए जसलाई घरेलु टोली भिल्लारियाल का किपरले सहजै रोकेका थिए।

दोस्रो हाफमा निकै राम्रो प्रदर्शन गरेपनि घरेलु टोलि भिल्लारियलले गोल भने गर्न सकेन। भिल्लारियल तर्फबाट आएका केहि शानदार प्रयास हरुलाई युनाईटेडका किपर डेभिड डी गियाले विश्वस्तरीय बचाव गर्दै टोलीलाई खेलमा राखेका थिए।

दोसो हाफमा म्यानचेस्टर युनाईटेडका मुख्य खेलाडीद्वय मार्कस रास्फार्ड र ब्रुनो फर्नान्देस मैदानमा छिरेपछि युनाईटेडले खेलमा वापसी गरेको थियो। भिल्लारियलको रक्षापंक्ति बाट भएको गम्भीर गल्तिको फाइदा उठाउदै रोनाल्डो दोस्रो हाफको ७८औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई महत्वपूर्ण अग्रता दिलाएका थिए।

खेलको मध्यान्ह पछि घरेलु टोलि विरुद्ध निकै हावी भएको म्यानचेस्टरका लागि खेलको ९०औ मिनेटमा उत्कृस्ट काउन्टर अट्याक गोल गर्दै जेडन सान्चोले व्यक्तिगत पहिलो र टोलीको लागि दोस्रो गोल गरेका थिए।

जित संगै समूह एफ बाट नकआउट चरणमा पुग्ने युनाईटेड पहिलो टोलि भएको छ भने अर्को टोलिको टुंगो अन्तिम खेल पछि मात्र लाग्ने छ।

Leave a Reply

Next Post

मेस्सीले गरे रोनाल्डो र म्यान्चेस्टर युनाईटेडको प्रशंसा

Wed Nov 24 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट जर्मनका स्टार खेलाडी लियोनल मेस्सीले क्रिष्टियानो रोनाल्डो र म्यान्चेस्टर युनाइटेडको बारेमा खुलेर तारिफ गरेका छन्। पछिल्लो डेढ दशकदेखि क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीको चर्को प्रतिस्पर्धा रहेपनि एकआपसको बारेमा भने दुवैले राम्रो प्रतिक्रिया दिने गरेका छन्। स्पेनिस पत्रिका मार्का लाई दिएको अन्तर्वार्तामा लियोनल मेस्सीले आफू […]
%d bloggers like this: