म्यानचेस्टर युनाईटेड रोनाल्डोलाई घर फर्काउने तयारीमा, म्यानचेस्टर सिटीले झिक्यो हात

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनरले क्रिस्टियानो रोनाल्डोका लागि क्लबको ढोका सधैं खुला रहेको बताएका छन्।

आइतबार हुने वुल्भ्स सँगको खेल अगाडि पत्रकार सम्मेलनमा बोल्दै युनाइटेडका प्रशिक्षकले, क्रिष्टियानो म्यान्चेस्टर युनाइटेडको मात्र नभई विश्व फुटबलमै महान खेलाडी भएका हुनाले उनका लागि आफुहरु सधै तयार रहेको बताएका छन्।

‘मैले क्रिष्टियानो सँग खेल्ने अवसर पनि पाए साथै आफु पहिलोपटक प्रशिक्षक हुँदा उनलाई कोचिङ गर्न पनि सफल भए’ उनले बताए।

साथै रोनाल्डोले आफ्नो क्लब छोडेको खण्डमा म्यानचेष्टर युनाइटेडको ढोका खुला रहेको पनि उनले बताए।

क्लबका अर्का पोर्चुगिज खेलाडी ब्रुनो फर्नानडेस र रोनाल्डोको सम्बन्धका बारेमा बोल्दै ओले ले आफुहरुको सधैँ राम्रो सम्बन्ध रहेको र आफू उनीसँग खेल्न पाउँदा निकै भाग्यमानी रहेको कुरा बताउन पुगेका थिए।

आफ्ना महान् कालीन खेलाडी मध्येका एक रोनाल्डोलाई आफ्नो चिरप्रतिद्वन्द्वी म्यानचेष्टर सिटीले यसैसाता आफ्नो क्लबमा भित्र्याउने होडबाजी देखाए सँगै युनाइटेडले मार्केटमा सक्रियता देखाउन थालेको छ।

अर्कोतिर क्रिष्टियानो रोनाल्डोले क्लब सर्ने निश्चित भएको कुरा बाहिर मिडियामा आएको छ। युवेन्टसका प्रशिक्षक एलेग्री ले रोनाल्डोले क्लब छाड्न कुरा गरेको र अब उनी प्रशिक्षणमा नफर्किने बताए।

क्रिष्टियानो रोनाल्डोले टुरिन छोडिसकेको कुरा मिडियामा बाहिर आएको छ।

 

 

 

Leave a Reply

Next Post

रोनाल्डो युनाइटेडसङ्ग अनुबन्धित !! कति पाउँछन् त तलब ?

Fri Aug 27 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाईटेडले आफ्नो पुर्व स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धित गरेको छ। रोनाल्डो १२ बर्ष पछी म्यानचेस्टर फर्किएका छन्। रिपोर्टका अनुसार युनाईटेड र क्रिस्टियानो बीच २०२३ सम्मका लागि सम्झौता भएको छ। युभेन्टससंग रोनाल्डोको लागि म्यान्चेस्टर युनाईटेडले झन्डै २० मिलियन युरोको सम्झौता गरेको छ। उनको तलबको बारेमा भने […]
%d bloggers like this: