म्यानचेस्टर युनाईटेड विरुद्ध आर्सनलको शानदार जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर युनाईटेड विरुद्धको खेलमा आर्सनल विजय भएको छ

घरेलु मैदान इमिरेट्स स्टेडीयममा म्यानचेष्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै आर्सनलले शीर्ष चारको सम्भावना जिवितै राखेको छ। 

पाहुना टोली म्यानचेष्टर युनाइटेडलाई सुरुवातदेखि नै दबाबमा राखेको आर्सनलले पहिलो हाफ उत्कृस्ट प्रदर्शन गरेको थियो।

आर्सनलको जितमा ग्रानित जाका, बुयाको साका र नुनो टेभारेसले गोल गरेका थिए। 

पाहुना टोलि युनाईटेडका लागि क्रिस्टियानो रोनाल्डोले सिजनको १६ औ गोल गरे भने ब्रुनो फर्नानडेसले पेनाल्टी गुमाए।

पहिलो हाफको तेस्रो मिनेटमाइ युनाईटेडको खराब रक्षात्मक प्रदर्शनको फाइदा उठाउँदै नुनो टेभारेसले आर्सनललाई १-० को अग्रता दिलाए।

२३ औ मिनेटमा युनाईटेडका फुल्ब्यक डालोटओ प्रयास बारमा ठोक्किन पुग्दा युनाईटेडले बराबरी गर्ने मौका गुमायो।

त्यसलगत्तै २७ औं मिनेटमा आर्सनलका लागि एनकेटियाले गोल गरेपनि भारले अफसाइड घोषित गरेको थियो। 

पहिलो हातको ३० औं मिनेटमा आर्सनलका खेलाडी साकालाई युनाईटेडका फुल्ब्याक टेलेसले फल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो।

पेनाल्टीमा गोल गर्दै साकाले आर्सनललाई २-० को अग्रता दिलाए।

तर आर्सनलको दोस्रो अग्रता भने लामो समय टिक्न सकेन। स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्याटिचको पासमा राम्रो फिनिशिंग गर्दै युनाईटेडलाई खेलमा फर्काउने कोशिस गरेका थिए।

खेलको पहिलो हाफको २-१ को स्थितिमा सकिएको थियो।

पहिलो हाफमा २-१ ले पछि परेको म्यान युनाईटेडले दोस्रो हाफमा निकै सुधारिएको प्रदर्शन गरेको थियो।

दोस्रो हाफको ५५औं मिनेटमा नेमन्या माटिचले युनाईटेडका लागी पेनाल्टी जितेका थिए, तर ब्रुनो फर्नानडेसले उक्त मौका गुमाएपछि खेल बराबरी गर्ने सुनौलो मौका रेड्सले गुमायो।

पेनाल्टी गुमाएको ५ मिनेट बित्न नपाउँदै क्रिष्टियानो रोनाल्डोले गरेको गोल भारले पुनः अफसाइड घोषित भएको थियो।

खेलको ७० औँ मिनेटमा युनाईटेडले पुनः रक्षात्मक कमजोरी देखाउदा आर्सनलले शानदार मुभ बनाउदै गोल गरेको थियो।

ग्रानित जाकाले साकाको पासमा सुन्दर गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याए।

शीर्ष चारको दौडमा आर्सनलले महत्वपूर्ण तीन अंक बटुल्दा, म्यानचेस्टर युनाईटेडले च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना लगभग गुमाएको छ। 

जित संगै आर्सनल चौथो स्थानमा उक्लिएको छ भने म्यानचेस्टर युनाईटेड छैंठौ स्थानमा रहेको छ।

 

Leave a Reply

Next Post

कोलकाता विरुद्ध गुजरात टाईटान्सको रोमान्चक जित

Sat Apr 23 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कोलकाता नाइट राईडर्स विरुद्ध ८ रनको रोमान्चक जित निकाल्दै गुजरात टाईटान्सले जारि आइपिएलमा लगातर तेस्रो जित निकालेको छ। गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै केवल १४८ रन जोड्न सक्यो। वेस्ट इन्डियन अलराउन्डर आन्द्रे रसेलले २५ बलमा सर्बाधिक ४५ रनको […]
%d bloggers like this: