म्यानचेस्टर सिटि र लिभरपुल ट्रेबल जित्नका लागि चर्को प्रतिस्पर्धामा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो समय म्यानचेस्टर युनाइटेडले पतनको बाटो समाए सँगै लिभरपुलको सिटि विरुद्धको प्रतिद्वन्दिता बढेको छ।

पहिले देखि म्यान्चेस्टर युनाइटेड विरुद्ध चर्को प्रतिस्पर्धा गरिरहेको लिभरपुलले अहिले निलो म्यानचेस्टर विरुद्ध ठुलो चुनौती खेपिरहेको छ।

अझ म्यान्चेस्टर सिटीमा पेप र लिभरपुलमा क्लोपको आगमन सँगै २ सर्वश्रेष्ठ म्यानेजरहरु बिच श्रेष्ठताको निकै ठूलो लडाइँ  देख्न सकिन्छ।

 घरेलु लिग तथा फुटबलमा म्यानचेष्टर सिटीले एक किसिमको दबाब बनाईरहे पनि, लिभरपुलले म्यानचेष्टर सिटीलाई पछिल्लो ५ सिजनमा कडा चुनौती दिइरहेको छ।

अझै खुलेर भन्दा घरेलु फुटबलमा म्यानचेष्टर सिटीलाई लगातार दबाब लिभरपुलले बाहेक अन्य क्लबहरुले दिन सकिरहेका छैनन्। 

यस सिजन पनि यी दुबै टोलीले प्रिमियर लिग र युरोपमा सबैभन्दा ठूलो उपाधिहरुको लागि राम्रो प्रतिस्पर्धा गर्ने होडबाजीमा छन्। 

अघिल्लो साता मात्र म्यानचेष्टर सिटी घरेलु मैदानमा २-२ को बराबरीमा सकिएको खेल,यस सिजनकै उत्कृष्ट खेलहरु मध्येको एक रहेको थियो। 

प्रिमियर लिगमा केवल १ अंकको दुरीले छुट्याएको दुई टोलीले आउँदो साता इङ्ल्याण्डको प्रतिष्ठित एफ.ए कपको सेमिफाइनलमा पुनः प्रतिस्पर्धा गर्ने भएका छन्।

 त्यसैगरी युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा दुबै टोलीले आफ्नो स्थान बनाइसकेको हुँदा हालको नतिजा र फर्मलाई हेर्ने हो भने यी दुबै टोलीले फाइनलमा पनि स्थान पक्का गर्ने देखिन्छ। 

तर जस्तो हिसाबमा बायर्न म्युनिखलाई पराजित गर्दै भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ, अहिल्यै केही आँकलन गर्न भने मिल्दैन।

तर म्यानचेष्टर सिटी र लिभरपुलले ऐतिहासिक तिन शीर्ष उपाधि जित्ने राम्रो अवसर भने जुराएका छन्।

इंग्लिस टोलीहरुलाई हेर्ने हो भने यो उपलब्धि दुई दशकअघि म्यान्चेस्टर युनाइटेडले मात्र हासिल गर्न सकेको छ। 

सिटी र लिभरपुल बिचको अहिलेको प्रिमियर लिगको लागि चलिरहेको प्रतिस्पर्धालाई झण्डै डेढ दशकअघि आर्सन वेंगर र सर एलेक्स फरगुसन बीचको भिडन्त जस्तै मानिएको छ।

त्यसबखत आर्सनल र म्यानचेष्टर युनाइटेडले प्रिमियर लिग तथा घरेलु फुटबलमा आफ्नो आधिपत्य जमाउन निकै कसरत गरिरहेका थिए। 

आधुनिक फुटबलमा यसरी प्रमुख उपाधि हरु बीच चर्को प्रतिस्पर्धा हुनुले, इंग्लिस फुटबलमा नयाँ प्रतिद्वन्द्विताको जन्म दिएको छ। 

Leave a Reply

Next Post

फ्रान्कफुर्ट विरुद्ध हार बेहोर्दै बार्सिलोना युरोपाबाट बाहिरियो

Fri Apr 15 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्कफुर्ट विरुद्ध हार बेहोर्दै बार्सिलोना युरोपा लिगबाट बाहिरिएको छ। यस अघि अघिल्लो लेगमा १-१ को बराबरी खेलेको बार्सिलोना, दोस्रो लेगमा घरेलु मैदानमा ३-२ ले पराजित भएको हो। जर्मन टोली फ्रान्कफर्ट विरुद्ध समग्र ४-३ अन्तरले गोलले पराजित हुँदै बार्सिलोनाले आफ्नो युरोपा यात्रा अन्त्य गरेको छ। बार्सिलोनाले नतिजा […]
%d bloggers like this: