म्यानचेस्टर सिटि विरुद्ध मेस्सिले खेल्ने सम्भावना बढ्दो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगको खेलमा लियोनेल मेस्सीले खेल्ने सम्भावना बढेको छ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) मा यसै सिजन आबद्ध भएका मेस्सी अघिल्लो हप्ता चोटिल हुदै लिगमा केहि खेल हरु गुमाएका छन्।

लियोनल मेस्सी चोट मुक्त भएर टिममा फिर्ती हुने कुरा संगै म्यानचेस्टर बिरुद्ध बलियो आक्रामक टोलि उतार्न पिएसजीको मनोबल उच्च हुने देखिन्छ।

३४ वर्षीय मेस्सीले मेट्ज र मोन्टपेलियरको बिरूद्ध घुँडाको चोटका कारण विगत लिग वानका २ खेलहरु गुमाएका छन्।

उनी पार्क डेस प्रिन्सेसमा मंगलवार को युरोपेली भिडन्त को लागी छोटो समयमा फिट हुनको लागी समय संग प्रतिस्पर्धा गर्दैछन्।

तर एएसको रिपोर्ट अनुसार मेस्सी सिटी संगको महत्वपूर्ण खेल भन्दा पहिले खेल को लागि चाहिने पूर्ण फिटनेसको नजिक पुगिसकेका छन् र उनले आइतबार बिहान आफ्नो साथीहरुसंग पूर्ण समय प्रशिक्षण दिएका छन्।

पिएसजी च्याम्पियन्स लिगको समूह चरणमा धेरै अंक गुमाउन चाहदैन।

फिक्स्चर को पहिलो राउन्डमा क्लब ब्रुग द्वारा बराबरीमा रोकिएको पेरिसको टोलिमा मेस्सी संगै त्यो स्टार फरवार्ड नेयमार र केलियन एमबाप्पेको साथमा शुरू गरेका थिए, तर दर्शक तथा प्रशंसकको अपेक्षा अनुसार स्टार खेलाडी हरुले प्रदर्शन भने देखाउन सकेका थिएनन्।

पेरिसले अन्तिमपटक लियोन विरूद्ध १-१ को बराबरीको अवस्थामा अर्जेन्टिनी स्टार लिओनल मेस्सीले आफ्नो पछिल्लो खेल खेलेका थिए। पोचेटिनोले लियोनल मेसीलाई अन्तिम समयमा प्रतिस्थापन गरेको उक्त खेलमा निकै रिसाएका थिए मेस्सी।

जर्मनीको आरपी लाईपजिगलाई आफ्नो घरेलु मैदानमा ६-३ गोल अन्तरले पराजित गरेको म्यानचेष्टर सिटीका विरुद्ध कस्तो खेल प्रदर्शन गर्छन भन्ने कुरामा लियोनल मेस्सी विरुद्ध निकै चर्चा हुने छ। यसैसाता युरोपियन च्याम्पियन चेल्सीविरुद्ध पनि १-० को जित निकालेको म्यानचेष्टर सिटी विरुद्ध को खेल निकै प्रतिस्पर्धात्मक हुने कुरा पक्का पक्की जस्तै छ।

म्यान्चेस्टर सिटि बिरुद्धको खेलमा आफ्ना मुख्य खेलाडीहरुलाई राम्रो भूमिकामा देखीन चाहने माउरीसियोलाई यो खेल निकै जित्नै पर्ने दबाब रहेको छ। तर एम्बाब्प्पेले नेमारलाई यसै साता गरेको आलोचनाले टिममा कस्तो असर पर्ने हो त्यो त हेर्न बाकि नै छ।

Leave a Reply

Next Post

नेमार-एम्बाप्पे को कुरालाई लिएर यसो भन्छन् प्रशिक्षक पोचेटिनो!

Tue Sep 28 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मेन टिमका साथी नेयमार प्रति काइलियन एमबाप्पेले देखाएको निराशा गम्भीर नभएको बताएका छन्। मोन्टपेलियरमाथि हालै हात परेको जितमा एमबाप्पेले नेयमारलाई पीएसजीको खेलको तेस्रो गोलको लागी जुलियन ड्रेक्सलरसंग जस्तो सेट अप गरेको देखे, उनलाई नेमारले विरलै यस्तो पास दिएको कुरा गर्दै […]
%d bloggers like this: