म्यान्चेस्टर सिटिको लगातार छैठौं जित, स्टर्लिंगको १०० गोल पुरा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ईंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार बेलुकी भएको खेलमा म्यानचेष्टर सिटीले वुलभ्स लाई पराजित गर्दै शीर्ष स्थानमा आफ्नो स्थान यथावत राखेको छ।

सिटीको घरेलु मैदान एतीहाड स्टेडियममा भएको खेलमा वुलभ्स १-० को साँघुरो गोल अन्तरले हराउँदै सिटीले प्रिमियर लिगमा लगातार छैठौं जित निकालेको हो।

खेलको पहिलो हाफको इन्जुरी समयमा वुल्भ्सका फरवार्ड राउल हिमीनेजले दोस्रो पहेँलो सँगै रातो कार्ड खाएपछि पाहुना टोली १० खेलाडीमा सिमित हुन पुगेको।

सिटीका लागि एकमात्र गोल पेनाल्टी मार्फत रहीम स्टर्लिङले दोस्रो हाफको ६६ औं मिनेटमा गरेका थिए।

गोलसँगै जित दिलाएका म्यानचेष्टर सिटीका विंगर स्टरलिंगले घरेलु लिगमा एक सय गोल पुरा गरेका छन्।

१० खेलाडीमा सिमित भएको पाहुना टोलीलाई परास्त गर्न सिटीलाई निकै हम्मेहम्मे परेको थियो।

रक्षात्मक रुपमा निकै राम्रो खेल प्रदर्शन गरेको वुलभ्सले सिटीको आक्रमक रणनीतिलाई खेलको ६५ मिनेटसम्म आफ्नो नियन्त्रणमा राखेपनि, जोआओ माउटिनोले बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि भारले पेनाल्टी ठहर्याएको थियो।

पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीका विंगर स्टर्लिङले प्रिमियर लिगमा गोल संख्या सतक पुर्याउँदै सिटीलाई महत्वपूर्ण तीन अङ्क दिलाए।

१० खेलमा सिमित भएको पाहुना टोलीलाई म्यानचेष्टर सिटीले गोल पछि लगातार आक्रमण भनेपनि वुलभ्सका कीपरले केही आकर्षक बचाव गर्दै खेललाई १-० स्थितिमा टारेका थिए।

जितसँगै म्यानचेष्टर सिटीले हाललाई प्रिमियर लिगमा चार अंकको स्पष्ट अग्रता बनाएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलले १५ खेलमा ३४ अंक बनाएको छ भने सिटीले १६ खेलबाट ३८ अङ्क जोडेको छ।

पछिल्ला पाँच खेलमा एक मात्र जित निकालेको वुलभ्स सिटीसँग हार बेहोर्दै लगातार हारको श्रृङ्खलालाई २ बनाएको छ भने पछिल्ला चार खेलमा केवल दुई अङ्क मात्र जोड्न सफल भएको छ। वुल्भ्स हाललाई तालिकाको आठौं स्थानमा बसेको छ।

Leave a Reply

Next Post

लिड्स विरुद्ध चेल्सीको रोमान्चक जित, जोर्जिन्होको दुई गोल

Sat Dec 11 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिड्स युनाइटेडलाई स्ट्यामफर्ड ब्रिजमा हराउँदै चेल्सीले शीर्ष स्थान संगको दुरी छोट्याएको छ। खेलमा १-० को स्थितिलाई उल्टाउँदै चेल्सीले ३ गोल गर्न सफल भएको थियो। शनिबार बेलुकी भएको रोमाञ्चक खेलमा लिड्सलाई ३-२ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानको म्यानचेस्टर सिटी सँग को दुरी चेल्सीले २ अंकमा झारेको […]
%d bloggers like this: