म्यान युनाईटेडका खेलाडी ग्रिनवुडले कुटे प्रेमिका, सामाजिक संजाल तात्तियो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसन ग्रीनवुड विरुद्ध उनकी प्रेमिकाले शारीरिक हिंसाको आरोप लगाएकी छन।

सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू रगताम्य अवस्थामा पोस्ट गर्दै प्रेमिका ह्यारिट रवसनले मेशनलाई शारीरिक हिंसाको आरोप लगाएकी हुन्।

मेसनले आज मलाई यस्तो हालतमा पुर्याएको भन्दै उनले क्याप्सन राखेर निलडाम र अनुहार मा लत्पतिएको रगतको फोटो पोस्ट गरेकी छन्।

उनले उक्त पोस्ट गरेपछि सामाजिक संजालमा तहल्का मच्चिएको छ।

उनको फोटो पोस्ट भएपछि उनका समर्थकहरुले युवा खेलाडी मेसनलाई कारबाही गर्नुपर्ने माग उठाउँदै सामाजिक सञ्जालमा फोटोलाई भाइरल बनाईरहेका छन्।

शारीरिक तथा घरेलु हिंसाको अभियोगको घेरामा मेसन पर्न सक्ने आँकलन गरिएको छ।

Leave a Reply

Next Post

लिभरपुलमा नयाँ अध्याय सुरु गर्दै लुइस डीयाज

Sun Jan 30 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलले प्रिमियर लिगको प्रतिद्वन्द्वी टोटनह्यामलाई हराउँदै पोर्टोबाट कोलम्बियाका स्टार लुइस डियाजलाई जनवरी ट्रान्सफरमा अनुबन्ध गरेको छ। कोलम्बियन खेलाडी अब योर्गेन क्लोपको रेड्स संग “दीर्घकालीन सम्झौता” मा सामेल हुनेछन्। उनको नयाँ सम्झौता २०२५-२६ सिजनको अन्त्य सम्म बताईएको छ भने उनलाई लिन लिभरपुलले £ ३७.५ मिलियन र एड […]
%d bloggers like this: