हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर युनाइटेडले अब अर्को सिजन देखि आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोकै वरिपरि नयाँ टिम निर्माण गर्नुपर्ने आवश्यक देखिन्छ।
यस सिजन प्रमुख प्रतियोगिताहरुको उपाधि होडबाट बाहिरिसकेको म्यानचेष्टर युनाइटेडलाई शीर्ष चारमा स्थान बनाउन गाह्रो छ।
प्रिमियर लिगमा हाल छैठौं स्थानमा रहेको रेड्स टोलिले आर्सनल भन्दा दुई खेल बढी खेलेको छ।
आउँदो सिजन नयाँ प्रबन्धकले टोलीको डग आउट सम्हाल्ने छन्. कम्तिमा पनि ५ खेलाडीले अब बहिर्गमनको बाटो रोज्ने बताइएको छ।
हाल टोलीमा शीर्षकमा गोलकर्ता रहेका क्रिष्टियानो रोनाल्डो अझैपनि टोलीमा फिट देखिन्छन्।
सम्पूर्ण टोलीकै प्रदर्शन खस्किरहेको अवस्थामा रोनाल्डोले यो सिजन झण्डै २० गोलको आँकडा छुन लागिसकेका छन्।
उमेरले ३७औ वसन्त पार गरिसके पनि युनाईटेडलाई सफल हुन भने उनकै वरिपरि एउटा नयाँ टिम निर्माण गर्न आवश्यक देखिन्छ।
रेड डेभिल्सले बेन्फिकाका स्ट्राइकर नुनेज भित्र्याउने जमर्को गरिरहेको छ।
नुनेजले पोर्चुगलमा सबै प्रतियोगिताहरूमा ३४ उपस्थितिमा २७ गोल गरेका छन्। बेन्फिकाले उनको मूल्य ६७ मिलियन पाउण्डमा राखेको छ।
टोलीमा राम्रा स्ट्राइकरको अभाब भएको छ। मेसन ग्रिनवुडले प्रेमिका माथि दुर्व्यवहार गरेपछि हाल निलम्बनमा रहेका छन्। अर्का युवा स्ट्राइकर एलंगाले गोल गर्ने क्षमता राखेपनि अहिले उनि विकास अवस्थामै रहेका छन्।
यस्तोमा अब युनाईटेडमा भित्रिने युवा खेलाडीहरुलाई आफ्नो अनुभव र आफ्नो उपस्थितिले पनि रोनाल्डोले प्रेरणादायी भूमिकाको खेल्न सक्नेछन्।
म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी याप स्ट्यामले पनि क्रिष्टियानो रोनाल्डोलाई टोलीमा राख्नुपर्ने र उनकै वरिपरि टिम निर्माण गर्नुपर्ने कुरामा जोड दिएका छन्।
उनलेले टोलीमा रहेका प्रमुख खेलाडीहरुको सहि प्रयोग गरेर अब आउने कुनै पनि नयाँ म्यानेजरले उनीहरुको वरिपरि टोलीलाई काम गर्नुपर्नेमा जोड दिए।
उनीहरूको वरिपरि टोली सिर्जना गरेपश्चात मात्र राम्रो र आकर्षक फुटबल खेल्न सक्ने उनको बुझाई रहेको छ।
उनका बिचारमा वर्तमान अवस्थामा जेडन सान्चो, रासफर्ड जस्ता गतिशील खेलाडीहरुले विंगमा देखाउन पर्ने क्षमता अहिलेको टोलीमा नरहेको बताए।