म्यान युनाईटेड र एसी मिलानको पतनको बाटो पछ्याउँदै बार्सिलोना

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपा लिगमा झरेको बार्सिलोना टोलीलाई आफ्नो पतनको गहन जिम्मेवारी नहुने हो भने अबका केही वर्ष टोलीलाई आफ्नो छविमा फर्कन निकै गाह्रो हुने देखिन्छ।

दुई सिजन अघि मात्र च्याम्पियन बनेको टोली, गत सिजन तेस्रो स्थानमा रहेको थियो। एक समय किम्यानले लालिगा जिताई पो हाल्छन कि जस्तो थियो स्थिति।

तर प्रशिक्षक सँगै बार्सिलोनाले तालिकामा आफ्नो स्थान र अस्तित्व यस सिजन गुमाईसकेको छ। जुन बार्सिलोना आम दर्शक र प्रशंसक बीचमा थियो, त्यो अहिले छैन।

बायर्न म्युनिख सँग लज्जास्पद पराजय व्यहोरेको क्याटलन टोलीको अहिलेको स्थिति हेर्दा अझै दुई तीन बर्ष क्लबले माथिल्लो तह देखिनै निकै मेहेनत गर्नु पर्ने देखिन्छ।

अचाक्ली ऋणमा डुबेका बार्सिलोनाले आफ्ना स्टार खेलाडी मेस्सीलाई पनि पैसा कै कारणले राख्न सकेन।

एक समय हरेक खेलाडीको सपना बनेको क्लबमा अहिले खेलाडी आउँछु भन्दा पनि आउन सक्ने स्थिति छैन।

पैसा कै कारणले नयाँ खेलाडी भित्र्याउन पनि निकै हम्मे हम्मे पर्ने गरेको छ। अघिल्लो व्यवस्थापनले क्लबको मूल्य र मान्यता बिर्संदै मन लाग्दि पैसा फ्यालेपछि बार्सिलोना को यो हविगत भएको हो।

खेलाडीमा महंगो रकम फ्याक्नु त ठिकै हो तर खेलाडी व्यवस्थापन गर्न नसक्नु, घरेलु खेलाडी राख्न नसक्नु नै बार्सिलोनाको अभिशाप बन्न पुगेको छ।

यस्तै समयबाट गुज्रिरहेका म्यान्चेस्टर युनाइटेड र एसी मिलान को पतन बाट बार्सिलोनाले समयमै विचार नपुर्याए सोही पथमा पतन हुने पक्का छ। मिलान र युनाईटेडले आफ्नो छबि गुमाएको झण्डै एक दशक हुन लाग्यो।

कुनै बेला इटालीयन र इंग्लिश फुटबलमा आफ्नो आधिपद्य जनाएका यी दुवै टोली अहिले बिस्तारै तंग्रिने प्रयासमा रहेका छन्। दुवै टोलीले लिग नजितेको ८ वर्ष भन्दा बढी हुन लाग्यो। युनाईटेडले फाट्ट फुट्ट ट्रफी जितेपनि आफ्नो साख फर्काउन सकेको छैन।

दुवै टोलीले व्यवस्थापकमा धेरै परिवर्तन गरे , पैसा बगाए तर उपलब्धी शून्य छ। ब्यबस्थापनमा चुक्नु भनेको मैदानमा पनि चुक्नु हो भन्ने कुरा अहिले बार्सिलोना, युनाईटेड र मिलान दुबैले चाल पाउदैछन्।

कमजोर व्यवस्थापनले कुन हद सम्म गिराउँछ कुनै पनि क्लब अथवा संस्थालाई भन्ने कुराको प्रस्ट उदाहरण हुन् मिलान र युनाईटेड। बार्सिलोनाको पछिल्लो ३ वर्षले सोही कुरा देखाउँदै जाँदैछ।

अहिलेको बार्सिलोनाको ब्यबस्थापनमा अध्यक्ष जोन लापोर्टले टोलीको जिम्मेवारी लिए यता केहि फर्कने छाटकाट देखाएपनि पर्याप्त भने छैन। वर्तमान टोलीलाई यो अवस्थाबाट निस्किन निकै गाह्रो रहेको छ। एक खर्ब भन्दा बढी ऋणमा डुबिसकेको क्याटलन टोलिलाई अहिलेको बोर्डले सहि मार्ग दर्शन दिलाउन नसके अब टोलि सायद नै माथि आउला।

Leave a Reply

Next Post

एशेज सिरिजमा दोस्रो दिन पनि अस्ट्रेलियाकै बर्चस्व

Thu Dec 9 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व क्रिकेटमा सर्वाधिक रुचाइने एसेज सिरिज अन्तर्गत पहिलो टेस्टको दोस्रो दिनपनि अष्ट्रेलियाले आफ्नो दबाब कायमै राखेको छ। अष्ट्रेलियाको ब्रिसबेन क्रिकेट मैदानमा खेलको पहिलो दिन वर्षाले प्रभावित हुँदा इंग्ल्याण्ड १४७ रनमा अलआउट हुन पुगेको थियो। इंग्लिस टोलीलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका कप्तान तथा तीव्र गतिका बलर प्यट […]
%d bloggers like this: