म्यान युनाईटेड र बार्सिलोनालाई आज नकआउट चरणमा पुग्ने मौका!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज राति म्यानचेस्टर युनाइटेड र बार्सिलोनालाई आ-आफ्नो खेल जित्दै अन्तिम १६ मा आफ्नो स्थान बनाउने राम्रो मौका रहेको छ।

समूह ई मा रहेको बार्सिलोनाले आज घरेलु मैदान नाउ क्याम्पमा पोर्चुगिस टोली बेन्फिकाको सामना गर्दैछ।

चार खेलबाट ६ अंक बटुलेको बार्सिलोना टोलीलाई आज वेन्फिका विरुद्ध जित हासिल गरेमा अर्को चरणका लागि छनोट हुनेछ।

वेन्फिका विरुद्धको बराबरीले बार्सिलोनाले अन्तिम खेलमा कठिन प्रतिद्वन्दी बायर्न म्युनिख सामना गर्नुपर्ने भएकोले क्याटलान टोली आज शतप्रतिशत जितको खोजिमा रहनेछ।

वेन्फिकाको भने चार खेलबाट ४ अङ्क रहेको छ र आजको खेलमा बराबरीको नतिजा निकाल्न सके बार्सिलोनाको अन्तिम कठीन खेलको फाइदा उठाउन सक्छ।


यसैसाता लिगमा आफ्नो पहिलो खेल जितेका प्रशिक्षक जाभी युरोपियन च्याम्पियन्स लिगमा पनि सुखद सुरुवात गर्ने लक्ष्यमा देखिन्छन्।

अर्कोतिर भर्खरै प्रशिक्षक बर्खास्त गरेको म्यानचेष्टर युनाइटेड भने लगातार खराब नतिजाको शिकार भइरहेको छ। मुख्य प्रशिक्षक बिहिन रहेको युनाईटेडलाई अहिले पुराना मिडफिल्डर माईकल क्यारिकले सम्हाल्ने छन्।

समुह एफ अन्तर्गत चार खेलमा सात अङ्क सहित हाललाई तालिकाको शीर्षस्थानमा बसेपनि भिल्लारियल विरुद्धको हारले म्यान्चेस्टर युनाइटेडको अर्को चरणमा पुग्ने सम्भावना कठिन बन्न जाने देखिन्छ।

भिल्लारियल विरुद्ध उसकै घरेलु मैदानमा जित हात पार्नसके म्यानचेष्टर युनाइटेडले लगभग अर्को चरणमा छनौट हुनेछ। बराबरी अथवा हारले भने अन्तिम खेलमा निकै फराकिलो नतिजा निकाल्नु पर्ने दबाब इंग्लिश टोलीलाई रहनेछ।

म्यान्चेष्टर युनाइटेड सँगै बराबरी अङ्क रहेको भिल्लारियाल लाई भने आजको जितले ठूलो राहत दिन सक्छ। समूह चरणको अन्तिम खेलमा बलियो टोली एटलान्टाको सामना गर्नुपर्ने भएकाले युनाइटेड विरुद्धको आजको जितले, अन्तिम खेलमा इटालियन टोली विरुद्ध बराबरीको नतिजा पनि उसलाई अन्तिम १६ मा पुग्न काफी हुने देखिन्छ।

Leave a Reply

Next Post

म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिगको नकआउटमा, रोनाल्डोको छैठौं गोल

Wed Nov 24 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार बेलुकी भएको खेलमा म्यान्चेस्टर युनाइटेडले भिल्लारियल लाई २-० गोल अन्तरले पराजित गरेको छ। समुह चरण अंतर्गत पाचौं खेलमा घरेलु टोली भिल्लारियललाई पराजित गर्दै म्यान युनाईटेड च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश गरेको छ। पहिलो हाफ निकै संयमित भएर खेलेको युनाईटेडले दुवै […]
%d bloggers like this: