यसकारण बार्सिलोना भित्रिएका नया खेलाडी लालिगामा दर्ता भएका छैनन् !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। फुटबलक्लब बार्सिलोना अहिले निकै चपेटा मा छ , खासगरि आर्थिक पक्षमा।

बार्सिलोनाका यस अघिका क्लब अध्यक्ष बार्टेमोउले पनि यस कुरालाइ धेरै जोड दिएका थिए। तर तथ्य अनुसार, बार्टेमोउले उनले आफ्नो कार्यकालमा भएका आर्थिक गड्बढिहरुलाइ विभिन्न ढंगबाट लुकाउने कोसिस देखिएको छ।

अहिले क्लबले धेरै नै आर्थिक समस्याका कारण अत्यन्तै कठिन समयको सामना गरिरहेको छ। हालै उक्त समस्याकै कारण बार्सिलोनाले मेस्सीको सम्झौता नवीकरण गर्न असफल भएको थियो।

आर्थिक स्थितिले नराम्रो मोड लिए पछि , बार्सिलोनाले आफ्नो इतिहासकै सबै भन्दा सफल खेलाडीलाइ पछाडिको ढोकाबाट छोड्न बाध्य भएको थियो।

ट्रान्सफरमा लापरवाही तरिकाले खर्च गर्ने तथा खेलाडी लाइ आवश्यक भन्दा धेरै पैसा खर्चिने जस्तै कारणले गर्दा बार्सिलोनाले यति ठुलो आर्थिक समस्या भोग्न बाध्य भएको छ।

बार्सिलोनाले अघिल्लो वर्ष €४८३ मिलियनको घाटा बेहोरेको थियो। एसले गर्दा स्यालेरी कप नि निकै घटेको थियो। लालिगको नियम अनुसार कुनै पनि क्लबले आफ्ना खेलाडीहरुलाइ , आफ्नो आयको ७०% भन्दा बढि रकम तलबको रुपमा दिन मिल्दैन। तर सबै ति बाट घाटा बेहोरेको बार्सिलोनाले , तलब बाड्फ़ाढलाइ घटाउनु परेको थियो।

अहिले हालसाल को तथ्यांक हेर्ने हो भने बार्सिलोनाको वेज बिल मात्रै ९५% को छ – जसमा यो सिजन आउने खेलाडी हरु को स्यालेरी अझै जोडिएकै छैन। सबै खेलाडी , नया खेलाडी तथा लियोनेल मेस्सी को स्यालेरी वेज बिल जोड्दा ११०% हुन जान्छ।

Barcelona Football reckless transfer market spending data

यसै कारणले बार्सिलोनाले यो सिजनमा भित्र्याएका नया खेलाडी जस्तै : मेम्फिस डिपे, सर्जियो अग्वेरो तथा एरिक गार्सिया लाइ दर्ता गर्न पाएको छैन। यी खेलाडीलाइ दर्ता गर्न अन्य पुराना खेलाडी जस्तै ग्रिज्मान, डेम्बेले तथा कुटिन्हो को तलब घटाउनु पर्ने हुन्छ। यो बार्सिलोना अध्यक्ष लापोर्टाको लागि ठुलो चुनौतिपूर्ण बिषय हो।

Barcelona Player Wage Bill 2021 Latest

बार्सिलोनाले नेय्मार बेचे पछि आएको पैसा नि, लगभग नचाहिने खेलाडी लाइ क्लब मा ल्याएर पैसा खर्च गर्यो।

यसैगरि ला लिगा को नया सी वि सी सम्झौता पनि बार्सिलोनाले अस्वीकार गरेको छ। यो सम्झौता गरेको भए बार्सिलोना ले €२७० पैसा पाएर मेस्सी को सम्झौता सुनिस्चित गर्न सक्थ्यो। तर यसले क्लब लाइ आउदो 40-५० वर्ष मा झन्नै ८०० मिलियन घाटा पर्न जन्थियो – जसको कारण बार्सिलोनाले यो कुरा मा सहमति जनाएन।

Leave a Reply

Next Post

युरोपका प्रसिद्द लिगहरु आजबाट सुरु हुदै !!

Fri Aug 13 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। आजबाट प्रिमियर लिग, लालिगा र बुण्डेस्लिगा सुरु हुदै छन्। इङ्ग्ल्याण्ड प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा ब्रेण्ट्फ़र्ड र आर्सनलले एकअर्काको सामना गर्दैछन। च्याम्पियनशिपमा तेस्रो स्थान हात पार्दै ब्रेण्ट्फ़र्ड बढुवा भएको थियो। उक्त सिजनमा ब्रेण्ट्फ़र्डले घरेलु मैदानमा खेलिएका २३ खेलमध्ये १२ खेलमा जित हासिल गरेको थियो भने ९ […]
%d bloggers like this: