यसपटक आइपिएलमा देख्न पाइन्छ त सन्दिपलाई?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सदाझैँ यसपटक पनि विश्व क्रिकेटकै ठुलो घरेलु प्रतियोगिता मध्येको एक इन्डियन प्रिमियर लिगका लागि लिलामी प्रक्रिया सुरु हुन लागेको छ।

गत बर्ष सम्म ८ टोलीले सहभागिता जनाउदै आएको आईपीएलमा २०२२ को संस्करण देखि भने १० टोलिले सहभागिता जनाउने भएका छन्।

निकै मोटो रकममा भित्रिएका दुई नयाँ टोलीका कारण पनि यस बर्षको खेलाडी प्रक्रिया निकै आक्रामक हुने अपेक्षा गरिएको छ। त्यसैले पनि यस बर्षको अक्सनलाई मेगा अक्सनको नाम दिएको छ।

बिश्वभरीका उच्च श्रेणीका क्रिकेट खेलाडीहरुको [पाकिस्तान बाहेक]  लामो सुचीबाट छनौट हुने यस प्रक्रियामा नेपालि राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप पनि रहेका छन्।

कप्तान सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारु ( ६४ लाख नेपाली रुपैयाँ) तोकेका छन्।

दुई सिजन आइपिएलको अनुभब सँगाली सकेका सन्दीपले गत बर्ष भने खेल्ने मौका पाएनन्। २०२१ मा भने सन्दीपले आफ्नो अक्सनमा मूल्य ४० लाख भारु राखेपनि कुनैपनि टोलीले मूल्य लगाएका थिएनन् ।

सन्दीपलाई २०१८ मा दिल्ली डेयर डेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो । त्यस सिजनमा दिल्ली लिगबाट बाहिरिएपछि अन्तिम तीन खेल खेल्दै ५ विकेट लिएका थिए।

२०१९ मा दिल्लीले ६ खेलमा मौका दिँदा सन्दीपले ८ विकेट लिएका थिए।

यसपटक नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराएपनि सन्दीपमात्र मेगा अक्सनको लागि छनोट भएका हुन्।

आइपिएलमा छनौट नभएपनि सन्दिप विश्वभरका सीमित ओभरका क्रिकेट लिगमा भने छाईरहेका छन्। यसै सिजन पनि अस्ट्रेलियन बिग ब्यासमा राम्रो प्रदर्शन गरेका सन्दीपको फर्म अहिलेको स्थितिमा राम्रो देखिएको छ। दुई नयाँ टोलि थपिएका कारण पक्कै पनि खेलाडीहरुको माग अवश्य बढ्ने देखिन्छ।

यस्तो अवस्थामा आक्रामक र क्षमतावान युवा लेग स्पिनरका नामले चिनिएका सन्दिपले, पक्कै पनि यस सिजन आईपीएलमा आफुलाई साबित गराउने राम्रो मौका पाउनेछन।

Leave a Reply

Next Post

एथलेटिको बिल्बाओसंग पराजित हुँदै रियल कोपा डेलरे बाट बाहिरियो

Fri Feb 4 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिड यस बर्षको कोपा डेल रे प्रतियोगिताबाट बाहिरिएको छ। एथ्लेटिक क्लबले रियल म्याड्रिडलाई पछि पार्दै रियल बेटिस, रायो भालेकानो र भ्यालेन्सियासँगै कोपा डेल रेको सेमिफाइनलमा स्थान पक्का गरेको छ। ८८औं मिनेटमा थिबाउट कोर्टोइसभन्दा टाढाको कुनामा सट कर्ल गर्दै घरेलु टोलीलाई जित दिलाउदा एलेक्स बेरेनगुएर नायक बनेका […]
%d bloggers like this: