यसरि सम्भव भयो रियल मड्रिडको पुनरागमन

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस महारथि रियल मड्रिडले म्यान्चेस्टर सिटिलाई घरेलु मैदानमा सनसनीपूर्ण पराजय चखाउदै कीर्तिमानी सत्रौँ पटक फाइनलमा पुगेको छ। 

दुई मिनेटको अन्तरमा ब्राजिलियन खेलाडी रोड्रिगोले दुई गोल गर्न सफल भएपछि, मड्रिडले इतिहासकै सर्वश्रेष्ठ पुनरागमनको मध्येको एक जित निकालेको थियो। 

युरोपेली च्याम्पियन्स लिग इतिहासमा सर्वाधिक १३ पटक उपाधि जितेको रियल मड्रिडले, सर्वाधिक फाइनलको प्रवेश गर्ने क्रममा केवल तीन पटक हार व्यहोरेको छ। 

इतिहासका कुरा भन्दा पनि यसपटक भएको सेमीफाइनल यात्राको कथा निकै रोचक बनेको छ। 

पहिलो लेगमा म्यानचेष्टर सिटीको घरेलु मैदानमा ४-३ गोल अन्तरले पराजय बेहोरेको रियल मड्रिडले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकेको थिएन। 

खेलमा जम्न नसकेपनि रियल मड्रिडका लागि उच्चस्तरीय फर्ममा रहेका कारिम बेन्जेमा र भिनिसियस जुनियरले व्यक्तिगत प्रदर्शनका आधारमा रियल मड्रिडलाई जोगाउनु अहिले वरदान साबित भयो।

पहिलो हाफको ३० मिनेटमै झन्डै ४ देखि ५ गोल गर्ने राम्रा अवसर फ्यालेको सिटिले सेमीफाइनलको पराजयमा, पहिलो लेग्मै कम्तिमा दुई गोलको अग्रता लिन नसक्नु गम्भीर गल्ति भएको पेप स्वयं आफैँले स्वीकारेका थिए।

पहिलो लेगमा केवल एक गोलले पछि परेको अवस्थामा घर फर्किएको रियलले भने त्यस्ता खालका अवस्था यस सिजनमा भोगिसकेको थियो।

४ खेल बाँकी छदै लालिगा आफ्नो नाम गरिसकेको मड्रिडलाई अब आफ्नो घरमा दमदार प्रदर्शन गर्नु बाहेक अरु कुनै कुराको दबाब थिएन।

रियलले दोस्रो लेगको पहिलो हाफमा म्यानचेस्टर सिटिको प्राकृतिक खेलमा भने लगाम लाउन सफल भएको थियो। जसका कारण सुरुवातमै मड्रिड पछि परेन।

पहिलो लेगमा विश्वस्तरीय खेल प्रदर्शन गरेका केभिन डी ब्रुनले हाफ स्पेसमा बलमा चलाखी गर्ने मौका पाएनन्।

मड्रिडका वाइड फरवार्डको ट्रयाक ब्याक र भालभर्डेको राम्रो रक्षात्मक प्रदर्शनले म्यानचेष्टर सिटीले पहिलो हाफमा सोचेअनुसारको खेल प्रदर्शन गर्न सकेन। 

यसपटक उसका डिफेन्सिभ मिडफिलडर क्यासमिरोको पुनरागमनले टोलीलाई बिपक्षीको मिडफिल्डबाट हावी हुनबाट जोगाएको थियो।

खेलमा दुवैतर्फबाट चलाखी अपनाईएको थियो। दुवै टोली एकअर्काको कमजोरीमा खुल्ने प्रयास गरिरहँदा सिटिले एकाध मौका बनाउन सफल भयो।

अर्को तिर मड्रिडले अधिकांश समय सिटिका गोलकिपरको परिक्षा लिएन। तर खेलको वास्तविक मोड दुवै तर्फका खेलाडी परिवर्तन संगै आएको थियो।

केभिनको ठाउँमा मैदान छिर्ने बित्तिकै गुण्डोगनले बर्नाडो सिल्भालाई पास दिए। 

७३औ मिनेटमा सिल्भाकै पासमा महारेजले गोल गर्दै सिटीलाई १-० तथा समग्र टाईमा दुई गोलको अग्रता बनाउदा, सिटिले लगभग फाइनलको यात्रा तय गरेको पक्का जस्तो थियो। 

सिटिका कायल वाकरले भिनिसियसलाई अधिकांश रोक्न सफल भएपनि गतिका कारण उनले चोट बोक्न पुगे जसको फाइदा केहि हदसम्म रियलले उठाएको थियो।

तर मोड्रिकको ठाउँमा आएका कामाभिंगाले खेलको स्वरूप परिवर्तन गरे। उनले खेलको गति बढाउन सहयोग मात्र गरेनन् चाहिएको बेला डीफेन्सीभ मुडमा पनि देखिए।

रियल मड्रिडको कमब्याकको पहिलो गोल कमाभिन्गाकै माध्यमबाट आएको थियो।

कम्प्याक्ट सिटिको डिफेन्समा बेन्जेमालाई सटिक पास दिँदै रियलका लागि पहिलो सुनौलो मौकाको सिर्जना गरेका थिए। 

खेलमा पछि परेको अवस्थामा क्रुस स्थानमा मैदान छिरेका रोड्रीगोले खेल परिवर्तन गरे।

उनको आगमनले भालभर्डे मिडफिल्डमा पुगे जसका कारण सिटिका फुल्ब्याकका अघि मड्रिडले रोड्रीगो र भिनिसियस राखेर आफ्नो गति बढाएको थियो।

सिटिका विंगर ग्रिलिसको प्रहार ८७औ मिनेटमा मेन्डीले गोल लाइनबाट क्लियर गर्नु खेलको सबैभन्दा महत्वपूर्ण क्षण बनेको थियो।

रोद्रिगोकै फिनिशिंगले ९० र ९१औ मिनेटमा गोल गरेको रियलले आफ्नो पुरै जोड लगाउँदै गर्दा, सिटिले कम्ब्याकको आशै नराखी अग्रता जोगाउन आफ्ना महत्वपूर्ण खेलाडी झिकिसकेको थियो।

झन् आक्रामक बनेको रियलका लागि बेन्जेमाले अतिरिक्त समयमा पेनाल्टि जित्दै गोल गरे र रियललाई इतिहासकै उत्कृस्ट कम्ब्याक मध्ये एक दिलाउन सफल भए।

 

Leave a Reply

Next Post

एभरेस्ट प्रिमियर लिग आउँदो नोभेम्बरबाट सुरु हुँदै

Thu May 5 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशी रहेको टि-ट्वान्टी प्रतियोगिता एभरेस्ट प्रिमियर लिग आउँदो नोभेम्बर १२ बाट सुरु हुनेभएको छ। पाँचौ संस्करणको इपिएल, कार्तिक २६ देखि मंसिर १० (नोभेमबर १२ देखि २६) सम्म आयोजना हुने भएको छ। सन् २०१६ देखि संचालन भएको यो टि ट्वान्टी लिग नेपालकै […]
%d bloggers like this: