यस्तो छ नेपालको टि-ट्वान्टी विश्वकप २०२२ मा छनौट हुने समीकरण

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसैवर्ष अस्ट्रेलियामा हुने आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुनका लागी नेपालले फेब्रुअरीमा ओमानमा ग्लोबल छनौट प्रतियोगिता खेल्दैछ।

आउँदो विश्वकप प्रतियोगितामा छनौट हुन नेपालले आफूलाई कम्तीमा पनि दुई चरणका लागि तयारी अवस्थामा राख्नुपर्नेछ।

जसको पहिलो खुड्किलो स्वरुप, समूह चरणमा बढी भन्दा बढी खेल जितेर अङ्क बटुल्दै, समूहको शीर्ष दुई स्थानमा पुग्नु पहिलो चुनौति रहेको छ।

समुह ‘बि’ मा रहेको नेपाली टोलीले समूह चरणको खेलमा आफूसहित ओमान, फिलिपिन्स र क्यानडा गरेर अन्य तीन राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ।

त्यसै कारण ओमान विरुद्धको पहिलो खेल नेपाललाई विश्वकपको बाटो बनाउने राम्रो अवसर रहेको छ। 

तुलात्मकरुपमा कमजोर रहेका फिलिपिन्स र क्यानडा विरुद्ध शत प्रतिशत जित निकाल्नु नेपाललाई अर्काे चुनौति रहेको छ। तर क्यानेडियन टोली विरुद्ध नेपाललाई खेल सहज भने हुने छैन।

यदि समूहमा नेपालले शीर्ष दुईमा आफूलाई राख्न सकेको खण्डमा नेपाल छनौट चरणको सेमिफाइनलमा प्रवेश गर्नेछ।

दोस्रो खुड्किलोको रुपमा यदि समुह चरण पार भएको खण्डमा सेमीफाइनल खेल रहेको छ

समूह ‘ए’ मा पनि समूह बीको जस्तै छनौट चरणका खेलहरु खेलाइनेछ र शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन्।

समूह ‘बि’ मा बहराइन,जर्मनी, आयरल्यान्ड र संयुक्त अरब एमिरेट्स रहेका छन्। जसमध्ये समुहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलको समीकरण पूरा गर्नेछन्।

क्षमताका रूपले हेर्ने हो भने यस समूहबाट आयरल्यान्ड र युएई लगभग सेमिफाइनलमा प्रवेश गर्ने निश्चित छ।

सेमिफाइनलको पहिलो खेलमा समूह ए को विजेताले समूह बी को उपविजेता विरुद्ध पहिलो सेमिफाइनल खेल्नेछ भने, दोस्रो सेमीफाइनल खेलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेता विरुद्ध खेल्नेछ।

यस सँगै सेमिफाइनल विजेताहरु ग्लोबल छनौटको फाइनलमा पुग्नेछन् र फाइनलमा प्रवेश गरेका दुई टोलीले आगामी विश्वकपमा टिकट कटाउने छन्।

नेपालले विश्वकपमा प्रवेश गर्नका लागि समुहको शीर्ष दुईमा पर्न आवश्यक छ नै, साथै अर्को समुहबाट आउने लगभग निश्चित भएका दुबई र आयरल्यान्ड मध्ये एक राष्ट्रलाई जित्नु अर्को खुड्किलो रहनेछ।

 

Leave a Reply

Next Post

युरोपा लिगमा डानी आल्वेस हटाईयो, डेम्बेलेले पाए प्रवेश

Thu Feb 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाको युरोपा लिगको टोलीका लागि हालै अनुबन्धित डानी आल्भेसले आफ्नो स्थान गुमाएका छन्। नोभेम्बरमा ब्लुग्रानामा पुन: सामेल भएका ब्राजिलियन, अन्ततः जनवरीको सुरुमा ला लिगाका लागि दर्ता भएका थिए तर उनीहरूको युरोपेली अभियानमा क्लबको लागि खेल्ने छैनन्। आल्भेस संगै जनवरीमा फेरान टोरेस, अदामा ट्राओरे र पियरे-इमरिक औबामेयाङले […]
%d bloggers like this: