युइएफएद्वारा इंग्ल्याण्ड तिन घटनाक्रमका लागि दण्डित हुनसक्ने, सुरु भयो अनुसन्धान !!

Kasper faces Laser in his eyes

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। बिहिबार भएको खेलमा डेनमार्क बिरुद्द २-१ को जित निकालेको इंग्ल्याण्डको बिरुद्द युइएफएले अनुसन्धान सुरु गरेको छ।

उक्त खेलमा भएका तिन विभिन्न घटना क्रममा इंग्ल्याण्ड दोषी भएको एसोसिइसनको ठम्म्याइ छ। युइएफएले रिलिज गरेको पत्रनुसार ” सेमिफाइनल अन्तर्गत भएको डेनमार्क र इंग्ल्याण्ड बीच भएको खेलमा भएका घटनालाइ लिएर छानबिन सुरु भएको छ।

इंग्ल्याण्ड बिरुद्द लागेका आरोपहरु यसप्रकारका सम्बन्धहरुलाइ लिएर छन् :

– इंग्ल्याण्डका समर्थकका तर्फबाट पेनाल्टी दौरान डेनमार्कका किपरको अनुहारमा बालिएको लेसर लाइट।
– समर्थकद्वारा डेनमार्कको राष्ट्रिय गित गाउने समयमा गरिएको गडबड !
– जित पछि समर्थकको पटकाहरु प्रयोग गर्ने कार्य।

यस केसलाइ युइएफए कन्ट्रोल, इथिक्स तथा अनुशासन आयोगले अगाडी बढाउने छ । साउथगेटको टोलिद्वारा हासिल गरिएको जितमा निकै धेरै बिबादहरु अगाडी आएका थिए।

१०४ मिनेटमा महत्वपूर्ण पेनाल्टी किक प्रहार गर्न आएका केनले शट प्रहार गर्नु भन्दा केहि सेकेण्ड अघि, क्यासपरको अनुहारमा हरियो लेसर लाइट बालिएको देखिएको थियो। उक्त पेनाल्टीलाइ किपरले बचाए पनि, रिबाउण्ड्मा केनले गोल स्कोर गरेका थिए।

Kasper faces Laser in his eyes
Kasper faces Laser in his eyes

युइएफएले अनुसन्धान गरिसकेपछि उक्त केसबाट इंग्ल्याण्ड मुक्त हुने छ । सो खेलपछि इंग्ल्याण्डलाइ तिनवटा दफा लागेको थियो जस अन्तर्गत, आर्टिकल १६(२) , १६(२)(जी), र १६(२)(सी) रहेका छन् ।

सेमिफाइनलको खेल जितेको इंग्ल्याण्डले १२ जुलाइमा उपाधीका लागि इटालीको सामना गर्न्नेछ। इङ्ग्ल्याण्ड्ले २४बर्षमा दोस्रो सेमिफाइनलको रुपमा हिजो डेनमार्कको सामना गरेको थियो र पहिलो पटक फाइनल पनि प्रवेश गरेको हो।

England advances to the Finals of Euro Cup 2020
England advances to the Finals of Euro Cup 2020

के क्यास्परको अनुहारमा लेसर बाल्नुमा उनको खेल अगाडीको अन्तर्वार्ता त हैन ?

पत्रकारले इंग्ल्याण्डले युरो जित्ला त भन्दै गरेको प्रश्नको जवाफ दिने क्रममा क्यास्परले हास्दै, “ट्रफी कहिले घर आएको छ र ?, तिमीहरुले कहिले जितेको छौ र? ” भन्दै प्रतिक्रिया दिएका थिए, जुन भाइरल पनि हुन पुगेको थियो।

Leave a Reply

Next Post

लयमा रहेका मेस्सीले थाम्न सक्लान त् कोपा अमेरिका फाइनलको अर्को हार ?

Thu Jul 8 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ | बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सी यसपालीको कोपा अमेरिकामा छुट्टै लयमा देखिएका छन्। मेस्सीले यसपालीको कोपा अमेरिकामा ४ गोल सहित ५ असिस्ट दिएका छन्। यसका साथै मेस्सी यस टुर्नामेन्ट मा ४ पटक प्लेयर अफ द म्याच भैसकेका छन्। मेस्सीको यस उत्कृष्ट लयले के जनाउछ भने मेस्सी […]
Argentina in Final
%d bloggers like this: