युएई विरुद्ध कुशल र दिपेन्द्र बाहेक अरुले पनि रन बनाउन जरुरि छ

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आईसिसि टि ट्वान्टी विश्वकप २०२२ मा छनौट हुन केवल एक खुड्किलोको रुपमा नेपालले भोलि युएई विरुद्ध मैदानमा उत्रदैछ

समूहमा शत प्रतिशत जित निकाल्दै शिर्ष स्थान हात पारेको नेपाली टोलीले बलिंगमा अब्बल प्रदर्शन गरेको छ।

सामान्यतया टि ट्वान्टी खेलमा प्रतिद्वन्दीलाई अल आउट गर्नु बिरलै हुने गर्दछ।

नेपालले खेलेका ३ खेलमा ३० मध्ये २८ विकेट निकाल्न नेपाली बलरहरु सफल बनेका थिए र छनौट प्रतियोगितामा यस किसिमको बलिंग उच्च स्तरीयनै मान्नु पर्दछ।

तर नेपाली ब्याटिंगमा भने अहिले सम्म हेर्दा ओपनर कुशल भुर्तेल र मध्यक्रमका दिपेन्द्र सिंह ऐरी बाहेक अरुले खासै राम्रो प्रदर्शन देखाउन सकेका छैनन्।

अर्कोतिर युएई ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो।

प्रतियोगितामा सर्वाधिक रन बनाउनेमा कुशल भुर्तेल(१४३) र दीपेन्द्रसिंह ऐरी(१२१) दोस्रो र तेस्रो नम्बरमा रहेका छन् भने नेपालका तर्फबाट सर्वाधिक तेस्रो रन बनाएका आशिफ शेखले केवल ३८ रन जोडेका छन।

सुरुवाती तीनै खेलमा राम्रो बनाउन नसकेको नेपाली टोलीले कुशल मल्लको स्थान परिवर्तन गर्दै माथिल्लो क्रममा पठाएपनि उनले पनि खासै कमाल देखाउन सकेनन्।

तसर्थ नेपाली ब्याट्सम्यानहरुले युएई विरुद्धको सेमिफाइनल खेलमा पाएको मौकालाई सहि सदुपयोग गर्दै नेपाललाई विश्वकप सम्म पुर्याउन निकै आवश्यक रहेको छ।

युएईका तर्फबाट विकेटकिपर ब्याट्सम्यान भृत्य अरविन्द र चिराग सूरीले टोलीलाई डोहोराई रहेकाछन्। दुवै खेलाडी युएईका लागि सर्बाधिक रन बनाउने ब्याट्सम्यान रहेका छन्।

नेपाली बलरहरु का लागि प्रमुख टाउको दुखाइका कारण पनि यी दुवै ब्याट्सम्यान बन्न सक्नेछन्।

दुबै सेमिफाइनल मंगलबार दिउँसो ३ : ४५ मा हुनेछन् । नेपाल र युएईबीच ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ र आयरल्यान्ड र ओमानबीच ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा सेमिफाइनल हुनेछ । फाइनल पुग्ने दुबै टोलीले विश्वकप खेल्न पाउनेछन्। फाइनल विहीबार हुनेछ।

 

Leave a Reply

Next Post

कति सफल छ त मेस्सी, नेमार र एम्बाप्पेको ट्रायो?

Tue Feb 22 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन ट्रान्सफरमा एकपछि अर्को ठुला खेलाडी लिएर तहल्का मच्चाएको पेरिसलाई युरोपियन कपको खड्को अझैपनि छ। पेरिस सेन्ट जर्मनका लागि यस सिजन उत्कृस्ट भन्दा उत्कृस्ट नतिजा ल्याउने अपेक्षा गरेपनि कथा फरक छ। सनसनी रुपमा बार्सिलोनाबाट पेरिस भित्रिएका मेस्सीको उपस्थितिमा नेमार र एम्बाप्पेको ट्रायोले ठुलो सफलता हात पार्ने […]
%d bloggers like this: