युरोपका शिर्ष दुई लिगको छिनोफानो अन्तिम दिनमा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा लिभरपुलले पुनरागमन जित निकाले सँगै उपाधि छिनोफानोका लागि अन्तिम दिन कुर्नुपर्ने भएको छ। 

साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले म्यानचेस्टर सिटि विरुद्धको दुरी १ अङ्कमा झारेको हो।

शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीले ३७ खेलमा ९० अङ्क बटुल्दा दोस्रो स्थानमा रहेको लिभरपुलले ८९ अंक बनाएको छ।

लिभरपुलले किर्तिमानी २० औं पटक शिर्ष डिभिजन उपाधि हात पार्नका लागि म्यान्चेस्टर सिटीको हारको पर्खाइमा बस्नुपर्ने भएको छ। 

सिजनको अन्तिम खेलमा म्यानचेष्टर सिटी यदि एस्टन भिल्लाको हात बाट पराजित हुन पुगेमा वा बराबरी खेलेको खण्डमा प्रिमियर लिगको उपाधि उसको हातबाट उम्कने छ।

 सिटिले अंक गुमाउदा लिभरपुलले अन्तिम खेलमा जित निकालेमा प्रिमियर लिगको उपाधि लिभरपूलको पोल्टामा पर्ने छ।

लिभरपुलले आफ्नो अन्तिम खेलमा लिगमा मध्य स्थानमा रहेको वुल्भ्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ। 

त्यसैगरी इटालीयन सेरियामा पनि लिग उपाधिको छिनोफानो अन्तिम दिनमै तय हुने भएको छ।

लिगमा हाल २ मिलान टोलि शीर्ष दुई स्थानमा रहेका छन्. एसी मिलान ३७ खेलमा ८३ अंक बटुलेको छ भने इन्टरले समान खेल खेल्दै ८१ अंक जोडेको छ।

अन्तिम दिनको खेलमा एसी मिलानले बराबरी मात्र गर्न सकेमा पनि लिग उपाधि आफ्नो नाममा पार्नेछ।

एकदशक पश्चात शिर्ष डिभिजनमा आफ्नो दमदार पुनरागमन गरेको एसी मिलानले सासुओलो विरुद्ध हार नव्यहोरेको खण्डमा यसपटक उपाधि माथि कब्जा गर्नेछ।

अर्को तिर उसको चिरप्रतिद्वन्द्वी इन्टर मिलानलाई भने एसी मिलानको हार शतप्रतिशत आवश्यकता रहेको छ। 

इन्टर मिलानले सिजनको अन्तिम खेलमा साम्पडोरिया विरुद्ध खेल्नेछ।

दुवै टोलीको अङ्क बराबर भएमा हेड टु हेडको आधारमा एसी मिलानले यसपटक उपाधिको हकदार बन्नेछ। 

जे होस् युरोपका शिर्ष दुई लिगको अन्तिम दिनको रोमान्च उपाधि छिनोफानोले गर्दा झन् बढेको छ।

 

Leave a Reply

Next Post

मेस्सी एम.एल.एस जान लागेका हुन त?

Wed May 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको अन्त्य नजिकिएसँगै अर्जेन्टिनी स्टार लिओनल मेस्सीले पेरिसमा आफ्नो भविष्य के गर्छन् भन्ने बारे चर्चा बढेको छ।  पुनः बार्सिलोना फर्किने हुने रिपोर्टहरु बाहिर आइरहँदा अमेरिकन फुटबल लिगमा उनको उपस्थिति हुने सम्भावना बारे पुनः चर्चा चुलिएको छ। २०२३ बाट एमएलएसमा अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीको डेभिड बेकह्यामको इन्टर […]
%d bloggers like this: