युरोपमा इंग्लिस फुटबलको नयाँ युग सुरु भएको हो त?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गएको दशक स्पेनिस राष्ट्रिय टोलि तथा घरेलु फुटबल क्लबका लागि युरोपियन फुटबल निकै फलदायी रह्यो।

युरोप तथा फिफाको महत्वपूर्ण प्रतियोगिताहरु जित्दै स्पेनिस राष्ट्रिय फुटबल टोलीले पनि एकपछि अर्को कीर्तिमान राख्न सफल भएको थियो।

सन् २०१० देखि १९/२० को सिजनसम्म आइपुग्दा स्पेनका शिर्ष डिभिजनका क्लबहरुले च्याम्पियन्स लिगमा अधिपत्य जमाए। 

जसमा रियल मड्रिडले सनसनीपूर्ण लगातार ३ संगै कुल चार च्याम्पियन्स ट्रफी हात पार्दा बार्सिलोनाले २ पटक उपाधि जित्यो।

स्पेनकै अर्को क्लब एटलेटिको मड्रिडले दुईपटक फाइनलमा सहभागिता जनाए पनि उपाधि जित्न भने असक्षम रह्यो। 

त्यसैगरी अर्को दोस्रो ठूलो प्रतियोगिता यूरोपा लिगमा अहिलेसम्म सर्वाधिक स्पेनकै फुटबल क्लबहरूको दबदबा रहेको छ। 

सन् २०१० यता स्पेनबाट आठ पटक युरोपा लिग बिजेता आएका छन् भने इंग्ल्यान्डबाट तिन तथा पोर्चुगलबाट एक बिजेता आएका छन्।

तर दशकको अन्त्यसँगै युरोपेली फुटबलमा इंग्लिस टोलीहरुको चहलपहल बढेको छ।

पछिल्लो समय च्याम्पियन्स लिग फुटबलमा इंग्लिस शीर्ष क्लबहरु चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुल आक्रमक शैलीले पछि अर्काे फाइनलमा सहभागिता जनाउन थालेका छन्।

सन् २०१२ पछि पाँच वर्षसम्म युरोपियन फुटबलमा निकै संघर्ष गरेको इंग्लिस लिगले, पछिल्लो समयमा यूरोपमा आफ्नो पुनरागमन देखाउन सफल भएको छ।

पछिल्ला पाँच सिजनमा लिभरपुल सर्वाधिक ३ पटक च्याम्पियन्स लिग फाइनल प्रवेश गर्दा एकमा विजयी भएको छ भने तेस्रो पटकको फाइनल खेल हुन बाँकी छ। 

गत बर्ष चेल्सीले म्यानचेस्टर सिटिलाई जित्दै उपाधि हात पार्दा, दुई वर्षको अन्तरालमा युरोपेली च्याम्पियन्स लिगमा दुबै इंग्लिस टोलीले फाइनल खेलेको दोस्रो पटक मौका जुरेको थियो। 

त्यसअघि सन् २०१८/१९ को सिजनमा लिभरपुलले अर्को इंग्लिस टोली टोटेन्ह्याम विरुद्ध प्रतिस्पर्धा गरेको थियो। 

सिजनको च्याम्पियन्स लिग फाइनलमा लिभरपुलले रियल मड्रिडलाई पराजित गर्न सकेको खण्डमा, सन् ८० को दशकपछि पहिलो पटक दशकको सुरुवातमा दुई इंग्लिस युरोपेली बिजेता बन्नेछन्।

ट्रान्सफर मार्केटमा पनि इंग्लिस लिगप्रति बढ्दो खेलाडीहरूको चहलपहलले, आउँदो दशक युरोपियन फुटबलमा इंग्लिस टोलिको दबदबा देख्न सकिने आंकलन गर्न सकिन्छ। 

 

 

Leave a Reply

Next Post

कस्तो होला त पेप र हालान्डको जोडी?

Thu May 12 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमा निकै चर्चित तथा उदयीमान युवा खेलाडीका रुपमा परिचित एरलिंग हालान्डले सिटिसंग सम्झौता गरेका छन्। अग्ला, गतिशील, शारीरिकरुपमा अब्बल र गोल गर्ने क्षमतामा निकै प्रखररहेका एरलिंगको आगमनमा सारा विश्व फुटबल जगतले चासो देखाएको छ।  पूर्व बार्सिलोना तथा स्पेनी प्रशिक्षक ग्वारडीओलाको आगमनसँगै घरेलु फुटबलमा लगातार इतिहास […]
%d bloggers like this: