युरोपा लिग : बार्सिलोना र नापोली प्ले अफमा प्रतिस्पर्धा गर्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो स्थान हात पार्दै यूरोपा लिगमा झरेको बार्सिलोनाले इटालीयन क्लव नापोलीलाई युरोपा लिगको नक आउटमा पुग्न प्ले अफ प्रतिस्पर्धीको रुपमा पाएको छ।

यस्तै जर्मन क्लब बोरुसिया डर्टमुन्डले स्कटिस क्लब रेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। युइएफएले युरोपा लिगको समूह चरणमा दोस्रो भएको टोली र च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको टोलीको सोमबार ‘ड्र’ निकालेको हो।

युरोपा लिगको समूह विजेताले भने अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ ।

प्ले अफको खेलहरु दुई लेगमा हुनेछ । प्ले अफ राउन्डको विजेता टोलीले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गर्नेछ।

ति आठ टोली युरोपा लिगको समूह विजेतासँग जोडिनेछ । त्यसपछि नयाँ ‘ड्र’ निकालिनेछ । नक आउट चरणको प्ले अफको पहिलो लेग १७ र दोस्रो लेग २४ फेब्रुअरीमा हुनेछ । प्रि–क्वाटरफाइनलको पहिलो लेग १० र दोस्रो लेग १७ मार्चमा हुनेछ ।

सर्वियन क्लब क्रेभेना जेभेज्दा, जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्ट, टर्किस क्लब गालाटासारे, जर्मन क्लब बायर लिभरकुसन, फ्रान्सेली क्लब मोनाको, रसियन क्लब स्पारटाक मस्को र इंग्लिस क्लब वेस्ट ह्यामले समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

-एजेन्सी

Leave a Reply

Next Post

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डको खेल स्थगित

Tue Dec 14 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडको प्रिमियर लिगमा मंगलबार ब्रेन्टफोर्ड विरुद्धको खेल रेड डेभिल्सका खेलाडी र कर्मचारीहरूमा कोभिड देखिए पछि स्थगित गरिएको छ। युनाइटेडले क्लबको क्यारिङ्टन ट्रेनिङ कम्प्लेक्स कुनै पनि संक्रमणको जोखिम कम गर्न २४ घण्टाको लागि बन्द रहने सोमबार पुष्टि गरेको छ। प्रिमियर लिगले एक विज्ञप्ति स्पष्ट गर्दै चिकित्सा […]
%d bloggers like this: