युरोपियन नेसन्स लिग सेमिफाइनलमा आज इटाली र स्पेन भिड्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन नेसन्स लिगको सेमिफाइनलमा आज बेलुका इटाली र स्पेन प्रतिस्पर्धा गर्दै छन्।

मिलानको घरेलु मैदान सान सिरोमा हुने उक्त खेल आज युरोपेली च्याम्पियन इटालीको लागि अझै खास बनेको छ।

५२ बर्ष पछि युरोपियन च्याम्पियन बनेको इटालीको टोलीका लागि लगातार दुई युरोपियन उपाधि जित्ने राम्रो मौका रहेको छ।

२०१८ को विश्वकपमा छनौट हुन नसकेको इटालीको टोलि, अहिले एकपछि अर्को खुड्किलो पार गर्दै ऐतिहासिक दौडमा छ।

सन् २०१८ बाट इटालीयन टोलि सम्हालेका प्रशिक्षक रोबर्टो मेंसिनीले अहिले इटालियन फुटबलमा युगान्तकारी परिवर्तन ल्याएका छन्।

विश्वकप छनौटको नमिठो मिठो पिडा भुलाउदै यसै बर्ष युरोपियन च्याम्पियन बनेको ग्ली अजुरीको टोलि पछिल्ला ३६ खेलमा अपराजित रहेको छ।

अर्कोतिर अहिलेको आधुनिक फुटबलमा एक समय एकछत्र राज गरेको स्पेनको टोलि, आफ्ना स्टार खेलाडीहरुको बिलय संगै पुरानै लयमा फर्किन निरन्तर संघर्ष गरिरहेको छ।

बार्सिलोनामा सर्बाधिक सफल ब्यबस्थापक मध्येका एक लुइस एंरिकेले टोलिको जिम्मेवारी लिएपछि केहि तिता, केहि मिठा अनुभव सँगालीरहेको छ स्पेनिश टोलीले।

२०१८ को विश्वकपमा नक आउट चरणबाटै घर फर्किएको टोलीले युरोकपमा आफ्नो खेल सुधार्दै सेमीफाइनलको यात्रा तय गरेको थियो। तर च्याम्पियन इटालीले पेनाल्टी सुट आउटमा स्पेनिश टोलीलाई निराश पर्दै घर फर्काएको थियो।

संयोगवस आज स्पेनले सेमिफाइनलमा फेरी एकपटक इटालीकै सामना गर्दैछ। युरोमा सेमीफाइनलमा हारको बदला संगै इटालीको लगातारको अपराजित यात्रालाई पूर्ण बिराम लगाउने सुनौलो मौका रहेको छ स्पेनलाई। स्पेनलेनै राखेको ३५ खेलको अपराजित यात्राको रेकर्ड तोड्दै इटालील अहिले ३६ खेलको अपराजित ऐतिहासिक घडीमा आइपुगेको छ।

तर इटालियन टोलीलाई स्पेनको सामना भने सजिलो हुने छैन। प्रशिक्षक मेंसिनीले युरोमा स्पेन विरुद्धको जित पश्चात स्पेनिश टोलीको मुक्त कण्ठले प्रशंशा गरेका थिए। आगामी विश्वकपको प्रबल दाबेदार पनि भन्न भ्याएका थिए रोबेर्टोले।

राम्रो फर्ममा रहेको इटालीले पछिल्लो ५ खेलमा ३ जित र २ बराबरी खेलको छ भने पछिल्लो पटक लिथुअनिया विरुद्ध ५-० को फराकिलो जित निकालेको थियो।

अर्को तिर स्पेनले भने इटाली संग युरोमा हार बेहोरेपछि पछिल्लो पटक स्विडेन संग विश्वकप छनौट खेलमा हार बेहोरेको थियो। त्यसयता खेलेका दुवै खेलमा भने जित निकालेको छ।

यी दुई टोलि बीच पछिल्ला ११ खेलको समग्र नतिजा हेर्दा स्पेनले सर्बाधिक ४ जित निकालेको छ भने ५ खेल बराबरीमा टुंगिदा इटालीले २ खेलमा जित हात पारेको छ। जसमा सबैभन्दा ताजा भनेको युरोकपको सेमीफाइनल नै रहेको छ।

परम्परागत इटालियन शैलीबाट केहि फरक, केहि पृथक खेल पस्किरहेको इटालीयन टोलि र आफ्नो सङ्क्रमणकालीन अवस्थाबाट माथि आउदै गरेको स्पेनिश टोलि विरुद्धको यो सेमीफाइनल अवश्य पनि स्तरीय नै रहनेछ।

Leave a Reply

Next Post

बेल्जियमलाई हराउदै फ्रान्स नेसन्स लिगको फाइनलमा

Fri Oct 8 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्सले बेल्जियमलाई ३-२ गोल अन्तरले पराजित गरेको छ। खेलमा २-० ले पछाडि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै फ्रान्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरको थियो। निकै रोमान्चक बनेको उक्त खेलमा बेल्जियमका लागि पहिलो हाफमा यानी कारस्को र रोमेलू लुकाकुले गोल […]
%d bloggers like this: