युरो कप: दोस्रो खेलमा पोर्चुगल, जर्मनीसंग पराजित !!!

Portugal vs Germany

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | जर्मनी बिरुद्दको खेलमा पोर्चुगल पराजित !!!

पहिलो खेलमा हङरीलाई ३-० को गोलान्तरले पराजित गरेको पोर्चुगल आज भएको जर्मनी बिरुद्दको खेलमा ४-२ को गोलान्तरले पराजित भएको छ।

पहिलो हाफको १५ औ मिनेटमा रोनाल्डोको गोलले अग्रता लिएको पोर्चुगलले, पहिलो हाफ सकिदा आफुलाइ २-१ गोलान्तरले पछाडी पाएको थियो।

POrtugal gets defeated by Germany

दोस्रो हाफमा सुरुबाटै जर्मनीले दबाब जारी राखेको थियो। त्यही प्रक्रियामा ५१’ मिनेटमा हाबर्ट्ज र ६०’ औ मिनेट्मा गोसेन्सले गोल गर्दा , जर्मनीले ४-१ को स्कोर पार्दै तीन गोलको अग्रता लिन पुग्यो।

४-१ को स्कोरमा चलिरहेको खेलमा, ६७’ मिनेटमा जोटाले गोल गर्दै, स्कोरलाई ४-२ बनाएका थिए। दोस्रो गोलमा रोनाल्डोको एसिस्टमा जोटाले गोल गरेका थिए।

खेलको स्कोर ४-२ भए पछि, दुबै तिरबाट उस्तै किसिमको आक्रमण सुरु भएको थियो।

Leave a Reply

Next Post

युरो कप : समुह ए अन्तर्गतका खेलमा, इटाली र स्विजर्ल्यनड बिजयी !!!

Sun Jun 20 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ । आज भएको खेलमा इटालीले वेल्सलाइ १-० को गोलान्तरले हराउदा, टर्की स्विजरल्याण्ड बिरुद्दको खेलमा ३-१ को गोलान्तरले पराजित भएको छ। पहिलो दुइ खेलमा बिजयी हासिल गरेको इटालीका पेसिनाले ३९ औ मिनेटमा गोल गर्दा, अग्रता पाएको इटालीले सोहि अग्रतालाइ खेलको अन्तिम समय सम्म जोगाउदा, लगातार तेस्रो जित […]
Eurocup 2021
%d bloggers like this: